भर्खरै

कहिलेकाही हुने विद्युत ट्रिपिङका कारण अक्सिजन ग्यास उत्पादनमा अझै समस्या छ

  • प्रकाशित मिति : मंगल, बैशाख २८, २०७८
  • - शम्भु भण्डारी, प्रबन्धनिर्देशक, शंकर अक्सिजन ग्यास उद्योग प्रा.लि.
title

कोरोना भाइसर कोभिड–१९ महामारीको दोस्रो लहर सँगै देश यतिखेर निषेधाज्ञा÷लकडाउनको भुमरिमा छ । देशका सबैजसो अस्पतालहरुमा विरामी वाड सँगै विरामीका निम्ती अत्यावश्यक अक्सिजन अभाव हुन थालेको छ । यसै अवस्थामा अक्सिजन उद्योगले के कसरी संचालन तथा आफ्ना उत्पादनलाई निरन्तरता दिदैँ आएका छन् । महामारी बढ्दै जाँदा अक्सिजनको मागको अवस्था कस्तो छ । सरकारले अक्सिजन उद्योगलाई पहिलो प्राथमिकतामा राख्दै गर्दा यस क्षेत्रमा सरकारको दायित्व के हुनुपर्दछ । लगायत विषयवस्तुलाई मध्यनजर गर्दै विद्युत संसारका सम्पादक भीमलाल श्रेष्ठले बालाजुमा रहेको शंकर अक्सिजन ग्यास उद्योग प्रा.लि.का प्रबन्धनिर्देशक शम्भु भण्डारी सँग गरेका कुराकानीको सम्पादिक अंशः

शम्भु भण्डारी,   प्रबन्धनिर्देशक, शंकर अक्सिजन ग्यास उद्योग प्रा.लि.

कोरोना महामारीमा अक्सिजनको माग धेरै छ शंकर ग्यास उद्योगले कुन स्तरमा आफ्नो उत्पादन गर्दै आउनुभएको छ ?
हामीले मूख्यत २१ वर्षदेखि अक्सिजन ग्यास उत्पादन तथा बिक्रि वितरण गर्दै आएको छौ । अक्सिजनसँगै नाइट्रोजन ग्यास  उत्पादन बिक्रि वितरणमा नै केन्द्रित छौ । कोरोना महामारी दिनहुँ बढ्दै जाँदा अक्सिजनको माग पनि अस्वभाविक बढेको छ । जसकारण हामीले महामारी अवस्थालाई मध्यनजर गर्दै हाम्रा उत्पादनहरुलाई अझ बढाउँदै लगेका छौ । हामीले २४ सै घण्टा हाम्रा प्रोडक्टहरु उत्पादन गर्दै आएका छौ । 
 
कोभिड अगाडि तपाईहरुले उत्पादन गरेको ग्यासहरु कसरी बजारीकरण हुने गर्दथ्यो । हालको अवस्था कस्तो छ ?
कोभिड अगाडि हामीले उत्पादन गरेका ग्यासहरुको ६० प्रतिशत हस्पिटलहरुमा र ४० प्रतिशत उद्योग कलकारखानाहरुमा सप्लाई हुने गर्दथ्यो । पछिल्लो समय हाइड्रोपावरहरु थपिदै जाँदा मेडिकल क्षेत्र र अन्यक्षेत्रमा बराबर जस्तै गरी हाम्रा उत्पादन पुगेकोमा कोभिड यता हाम्रा उत्पादन मेडिकल क्षेत्रमा नै केन्द्रित भएको छ । 
 
 
सरकारले अक्सिजन ग्यास उद्योगहरुलाई नियमित विद्युत उपलब्ध गराउने भन्दै आएको छ के तपाईको उद्योगमा आवश्यक विद्युत उपलब्ध भएका छ ?
 लामो समय समस्या हुने गरि विद्युत काटिएको त छैन तर पनि प्राधिकरणको सिस्टमले कहिलेकाही काम नगर्दा विद्युतमा ट्रिपिङ हुने गरेको छ । जसकारण केही समस्या भने नभएको होईन । ट्रिपिङका कारण हाम्रो उद्योगमा ३० मिनेट बिजुली जाँदा दुई घण्टा सम्म हाम्रो उत्पादन रोकिन्छ । यसैले समय समय भइरहने ट्रिपिङलाई पनि प्राधिकरणले नियन्त्रण गर्न सके हाम्रा उत्पादन अझ केही बढ्ने थियो ।
 
उद्योगबाट नै आफ्नो घरमा अक्सिजन लिएर जान के कस्ता प्रावधानहरु छन् ?
उपत्यकामा कोरोना महामारी बढेसँगै अक्सिजन ग्यास लिन आउनेहरुको संख्यामा पनि वृद्धि भएको छ । हामीले हस्पिटल अथवा डक्टरले दिएको पत्र हेरेर मात्र अक्सिजन सिलिण्डर दिने गरेका छौ । हस्पिटलहरुमा समेत बेडहरु नपाईरहेको अवस्थामा केही इर्मजेन्सी केसहरु कोरोना, दम लगायत रोगहरुका लागी पहिलो प्राथमिकतामा राखेर हामीले ग्यास उपलब्ध गराउँदै आएका छौ ।
कुनै बिरामीले हामी सँगै कारोवार गर्दै आउनु भएमा ग्यास सिलिण्डर नै साटिदिने छौ तर अन्य कम्पनीको सिलिण्डर भएको अवस्थामा केही समय पर्खाएर उनिहरुले नै ल्याउनु भएको ग्यास सिलिडरमा भरेर दिने गरेको छौ । 
 
उपभोक्ताका लागि मूल्य कसरी निर्धारण गरिएको छ ?
वाटर क्यापासिटिको हिसाबमा नर्मल साईजमा १० लिटर, २० लिटर र ठूलो साईजमा ४७ लिटरका सिलिण्डरहरु हुन्छन् जुन हस्पिटलहरुमा प्रयोग हुन्छ ।
उद्योगमा उत्पादन भएका अक्सिजजनका सिलिण्डर अनुसार नै मूल्य तोकिएका हुन्छन् जसमा १० लिटरको २५० रुपैयाँ, २० लिटरको ४०० रुपैयाँ, ठूलो सिलिडरको ६ सय सम्म रहेको छ यसमा पनि सर्वसाधारण र हस्पिटलहरुका लागि केही थोरै मात्रामा फरक मूल्य रहेको छ ।
सिलिण्डर नै नभएका सर्वसाधारणहरुले सिलिण्डर आफैपनि किन्न सक्नुहुने छ अथवा रकम डिपोजिट राखेर पनि अक्सिजन ग्यास लिन सक्नुहुने छ । जसमा सानो सिलिण्डरको निम्ती १० हजार र ठूलो सिलिण्डरको निम्ती १५ हजार सम्म डिपोजिट लिने गरेका छौ । यसका लागि बिरामीको कोभिड भएको पुष्टिभएको रिर्पोट र अक्सिजन चलाउन आवश्यक छ भनि डाक्टरले दिएको प्रिकेप्सन  महत्वपूर्ण हुनेछ । 
 
महामारीमा अक्सिजनको माग बढेसँगै उद्योगका कर्मचारीमा पनि जोखिम बढेको छ यसलाई कसरी सामना गर्दै आउनु भएको छ ?
महामारीमा अक्सिजन अत्यावश्यकको वस्तु हो जसकारण हामी फ्रन्टलाईनमा बसेर काम गर्नु ठूलो चुनौति खडा भएको छ । हामीले हस्पिटलको गोदाममा मात्र नभई कोभिड वार्डहरुमा सप्लाई गर्नुपर्ने बाध्यताका बीच केही हाम्रा कर्मचारी कोरोना पोजेटिभ भएर आइसोलेसनमा बसेको अवस्था छ । यसरी जोखिमका बीच हामीले न्यून कामदारको भरमा उद्योगलाई २४ सैं घण्टा सम्म पनि निरन्तरता दिएका छौ ।
हाम्रा उद्योगमा कार्यरत कर्मचारीहरु स्वास्थ्य मापदण्ड पूर्णरुपमा गर्दै आएपनि हाम्रा उद्योगमा नै अक्सिजन लिन आउनेको भिडभाड हुने गर्दा हाम्रा कर्मचारी समेत कोरोना संक्रमित भएका छन् । 
 
अत्यावश्य उद्योगहरुका निम्ती राज्यले कस्तो भुमिका निर्वाह गर्नुपर्ने हो ?
राज्यले हामी जस्ता उद्योगिहरुका लागी ठूलो भुमिका खेल्नुभएको छ । हिजोका दिनसम्म अक्सिजन उद्योगको विषयमा थोरैलाई थाहा थियो तर आज कोभिडले विकाराल रुप लिन थाले सँगै अक्सिजनलाई पहिलो प्राथमितामा राखेर हेरिएको छ । जसकारण आज अक्सिजन उद्योगहरुका लागि विद्युतमा समस्या हुन नदिन लागी परिरहेको छ यो हाम्रा लागि  सुन्दर पक्ष हो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago