भर्खरै

अक्सिजन उद्योग र शवदाहगृहको विद्युत डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जामन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदै

  • प्रकाशित मिति : शुक्र, बैशाख ३१, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौंँ, ३१ वैशाख । देशभर अक्सिजन उत्पादन गर्ने उद्योगहरू र पशुपतिमा रहेको विद्युतीय शवदाहगृहको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेका छन् । विसं २०७८ वैशाखदेखि लागू हुने गरी  आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजान लागिएको हो । 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आज (बैशाख ३१ गते) पदभार ग्रहण गर्दै उल्लेखित निर्णय गरेका छन् । कोभिड –१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताए । उनले उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने बताए ।
 
  कोभिडका कारण मानिसको मृत्युदरसमेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाहगृहको विद्युत् डिमाण्ड शुल्क छुट गरिने उनले जानकारी दिए । छुट शुल्कवापतको शोधभर्ना नेपाल विद्युत् प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचार समेत गरिएको छ ।
प्राधिकरणले अक्सिजन उद्योगमा बिनाअवरोध विद्युत् प्रवाह गरिरहेको छ । प्राधिकरणले यस्ता उद्योगमा आपूर्ति हुने विद्युत्का फिडरमा समस्या आउन नदिन आफ्ना कर्मचारीलाई २४ सै घन्टा तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago