भर्खरै

पिखुवा खोला लिफ्टिङ आयोजनाको पानी वितरण हुँदै

  • प्रकाशित मिति : आइत, जेठ ९, २०७८
  • - रासस
title
भोजपुर, ९ जेठ । भोजपरको पिखुवा खोला लिफ्टिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विगत लामो समयबाट पानीको समस्या भोग्दै आएका स्थानीयबासीलाई लक्षित गर्दै सञ्चालन भएको योजनाबाट ४२० घरधुरी लाभान्वित हुनेछन् ।
 
आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङ बस्तीका घरघरमा पानी वितरणका लागि धारा परीक्षणसमेत  शुरु भएको छ । पिखुवा खोलाबाट पम्पिङ, ट्याङकी निमार्ण, उपभोक्ताको घरघरमा धारा जडान र वितरण पाइप लाइन जडानको काम अन्तिम चरणमा पुगेको छ । करिब रु. १२ करोड ४० लाखमा आयोजना निर्माण शुरु गरिएको हो ।
 
खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको पिखुवाखोला मानेभञ्ज्याङ पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिपक तामाङले जानकारी दिए । लिफ्टिङको सफल परीक्षण पश्चात लामाआल डाँडा वितरण केन्द्रबाट उपभोक्ताको घरमा दैनिक बिहान ४ घण्टा र बेलुका २ घण्टा पानी वितरण हुने उपभोक्ता समितिका सचिव जगत चौहानले बताउनुभयो । लामो समयबाट खानेपानीको संकट व्यहोर्न बाध्य स्थानीयबासी लिफ्टिङ सिस्टमबाट तानेको पानी आउने भएपछि खुशी भएका छन् ।
 
पिउने पानीको अभावका कारण बसाइसराइ हुँदा सो भेगका बस्तीहरु रित्तिदै गएको छ । अब भने पानीको कारण बस्ती छाड्नु पर्ने अवस्था अन्त्य हुनेमा आशावादी रहेको स्थानीयबासी राम तामाङले बताउनुभयो । तामाङले भने,‘‘पानी अभावमा यस क्षेत्रका तल्लो भेगको बस्ती नै रित्तो भएको छ । अव भने पानीको कारण अन्यत्र बसाइसराई गर्नु पर्ने अवस्था आउदैन भन्नेमा आशावादी छौँ ।’’
एक गाग्रो खानेपानीका लागि स्थानीयबासी दैनिक एक घण्टाको हिँडेर पानी लिन जानुपर्ने बाध्यता हट्ने भएपछि खुशी लागेको तामाङको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago