भर्खरै

२४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रुपान्तरण, चालु आव मा निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य

  • प्रकाशित मिति : शुक्र, जेठ १४, २०७८
  • - रासस
title
काठमाडौँ, १४ जेठ । छ वर्षअघिको भूकम्पले क्षतिग्रस्त भई प्रबलीकरण लाभग्राही सूचीमा सूचिकृत भएका २४ हजार ७४४ लाभग्राही पुनःनिर्माणमा रुपान्तरण भएका छन् । आज जारी आर्थिक  सर्वेक्षणमा ६५ हजार २३१ प्रबलीकरण लाभग्राहीमध्ये गत फागुन मसान्तसम्म ५३ हजार १२७ ले पहिलो किस्ता वापत्को रु ५० हजार लिएको उल्लेख छ । प्रबलीकरण सम्पन्न गरी दोस्रो किस्ताको थप रु ५० हजार लिने लाभग्राही ४१५ मात्र छन् ।
 
निजी आवास प्रबलीकरणका लागि दुई किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ । फागुन मसान्तसम्म आठ लाख ५५ हजार १६६ भूकम्प पीडित लाभग्राहीको पहिचान भएको छ । कुल लाभग्राहीमध्ये ९४।८ प्रतिशतससँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गरेकामध्ये ९९।७ प्रतिशतले पहिलो किस्ता लिएका छन् । ८५.९ प्रतिशतले दोस्रो किस्ता लिएका छन् । ७८.५ प्रतिशतले तेस्रो किस्ता लिएका छन् । ७३.१ प्रतिशतले घर निर्माण सम्पन्न गरेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।
 
 विसं २०७२ वैशाख १२ गतेको भूकम्पले निजी आवास क्षतिग्रस्त भई लाभग्राही सूचीमा सूचिकृत भएका भूकम्प पीडितलाई तीन किस्तामा गरी रु तीन लाख अनुदान दिने कार्यविधि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको छ । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिइन्छ । चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago