भर्खरै

सरकारले ऊर्जा विकासमा दिएको प्राथमिकताको प्रतिफल: बिजुलीको जडित क्षमता १५ सय मेगावाट

  • प्रकाशित मिति : शुक्र, जेठ १४, २०७८
  • - विद्युत संसार
title
काठमाडौंँ, १४ जेठ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि दिएको प्राथमिकताको प्रतिफल देखिन थालेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणानुसार गत फागुन मसान्तसम्म मुलुकभर बिजुलीको कूल जडित क्षमता एक हजार ४५८ मेगावाट पुगेको छ ।
 
यो गत वर्षका तुलनामा ४.१ प्रतिशतले बढी हो । यस्तै प्रतिव्यक्ति विद्युत् खपत २६० किलोवाट घण्टा तथा झण्डै ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ।
 
त्यसैगरी २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे  सडक १५ हजार ९७४ किलोमिटर, खण्डास्मित  आठ हजार ५८२ किलोमिटर र कच्ची सडक  नौ हजार ९७२ किलोमिटर सडक निर्माण भएको छ ।
 
यस्तै सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत नागरिकलाई सहजरूपमा सेवा पु¥याउन नागरिक एप सञ्चालनमा ल्याइएको छ । आर्थिक सर्वेक्षणानुसार भूकम्पपछिको पुनर्निमाणमा उत्साहजनक प्रगति हासिल भएको छ । काठमाडौँको ऐतिहासिक धरोहरका धरहरा, रानीपोखरी र दरबार हाइस्कूल लगायत महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago