भर्खरै

अन्तिम चरणमा पुगेको ३० मेगावाट क्षमताको न्यादी आयोजना कोरोनाका कारण प्रभावित

  • प्रकाशित मिति : आइत, जेठ १६, २०७८
  • - रासस
title
काठमाडौँ, १६ जेठ । अन्तिम चरणमा पुगेको लमजुङमा निर्माधणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजना कोरोनाका कारणले प्रभावित हुन पुगेको छ । यस आयोजनाले यही जेठभित्र निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य राखेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरले आयोजनाको विद्युत् गृहमा जडान गरिएका मेशिनको परीक्षण गर्न चिनीया इन्जिनीयर नेपाल आउन नपाएपछि आयोजना प्रभावित हुन पुगेको हो । 
 
विद्युत् गृहमा छ वटा मेशिन जडान गरिएको र ती मेशिनको परीक्षण गर्न सम्बन्धित कम्पनीकै इन्जिनीयर आउनुपर्ने भएपनि कोभिडका कारण नेपाल आउन नपाउँदा आयोजनाको काम प्रभावित भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । उनले भने, “हामी यही जेठभित्र सबै काम सम्पन्न गरी बिजुली निकाल्ने लक्ष्यका साथ अघि बढिरहेका थियौँ, तर कोरोना सङ्क्रमणका कारण हवाई मार्ग बन्द भएकाले सो कम्पनीका इन्जिनीयरहरु रोकिएकाले समस्या भइरहेको छ ।” 
 
कोरोनाका कारण करीब एक डेढ महिना निर्माण अवधि लम्बिने आयोजना प्रमुख कार्यकारी अधिकृत अमात्यले बताए । उनका अनुसार हालसम्म ९७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । हाल विद्युत् गृहमा लाइनको तार तान्ने र वेइरिङको काम भइरहेको छ । केही दिनमा टनेलको परीक्षण गर्ने तयारी यस आयोजनाले गरेको छ । यसअघि बाँधस्थल, पेटस्टकलगायतको सफल परीक्षण गरिसकेको आयोजना प्रमुख अमात्यको भनाइ छ ।
 
 आयोजनाबाट साढे नौ किलोमिटर टाढा रहेको प्रशारण लाइनमा तार जोड्न,  २५ वटामध्ये दुई वटा टावर निर्माण गर्न बाँकी रहेको बताइएको छ । यतिबेला आयोजनामा ५० जना कामदारले स्वास्थ्य सावधानी अपनाउँदै काम गरिरहेका छन् । 
चीनबाट मेशिनका सम्बन्धित इन्जिनीयरहरु आठ÷नौ जना आएपछि मेशिनको परीक्षण गर्नुका साथै नेपाल विद्युत प्राधिकरणका टोली ल्याएर आयोजनाको सबै परीक्षण आगामी असारमा पूरा गर्ने बताइएको छ ।  यस आयोजनाले गत फागुनमै बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि कोभिडका कारण काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगेको थियो । 
 
गतवर्ष नै सकिनुपर्ने चीनबाट कामदार र सामान ल्याउन नसकेकाले आयोजना निर्माणको अवधि लम्बिएको प्रमुख अमात्यले बताउ । अहिले पनि आयोजनामा रहेको कामदारहरुले खुल्ला रुपमा काम गर्न नसक्दा निर्माण कार्य केही ढिलासुस्त भइरहेको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरिरहको छ ।  
 
विसं २०७३ चैत महिनादेखि निर्माण कार्य थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । सम्झौतानुसार २०७३ चैत महिनामा आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माण कार्यमा ढिलाइ भइरहेका बेला आयोजनाको लागत भने बढी नलाग्ने अनुमान रहेको छ । 
 
आयोजनाका अनुसार रु छ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । त्यस्तै आयोजनाले प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago