भर्खरै

विद्युत खपत बढाउन सरकारले घटायो विद्युतीय उपकरणको भन्सार महसुल ? हेर्नुहोस् कुन सामग्रीको कति घट्यो

  • प्रकाशित मिति : सोम, जेठ १७, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १७ जेठ। सरकारले विभिन्न घरायसी विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गर्दै भन्सार महसुलमा पनि छुट दिएको छ ।
यसले विदेशबाट आयात भई यहाँ बिक्री हुने विद्युतीय उपकरणकको मूल्य घट्नेछ । सरकारले उत्पादित विजुली स्वदेशमा नै खपत गर्ने योजना अन्तर्गत  विदेशबाट आयात हुने विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गर्दै भन्सार महसुलमा पनि छुट दिएको हो । 
 
इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर ५ बाट १ प्रतिशमा झारिएको छ । आइरन, हात सुकाउने उपकरण, फुड ग्रान्डर र मिक्चर्सको भन्सार दर पनि १० प्रतिशतमा झारिएको छ । 
 
 वासिङ मेसिन र भाँडा माझ्ने मेसिनमा अन्तःशुल्क खारेज गर्दै सरकारले भन्सार दर २० प्रतिशतमा झारेको छ ।  यसअघि ५ प्रतिशत अन्तःशुल्क र ३० प्रतिशत भन्सार महसुल थियो । रेफ्रिजेरेटर र फ्रिजको पनि अन्तःशुल्क २० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरिएको छ ।
 
सरकारले राइस कुकर, विद्युतीय केट्ली, जगजस्ता पानी तताउने भाडा र किरा मार्ने ट्रयापको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, माइक्रोवेब ओभन, हेयर ड्रायरसहित हेयर ड्रेसिङ उपकरणहरु, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर पनि १५ प्रतिशतबाट झारेर १० प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago