भर्खरै

बचौँ र बचाऔँ, एक आशाको किरण भन्ने मुल मन्त्रसहित संक्रमित र कुरुवालाई खाना खुवाउने अभियानमा जुटे युवा समुह

  • प्रकाशित मिति : सोम, जेठ १७, २०७८
  • - विद्युत संसार संवाददाता
title

भरतपुर, १७ जेठ । कोरोना महामारीका कारण यतिखेर राजधानी काठमाडौ उपत्याका सँगै धेरै जिल्ला निषेधाज्ञा भएको छ । संक्रमितहरु बढ्दै जादाँ ज्याला मजदुरी मात्र होईन अस्पतालमा उपचाररत विरामी सँगै विरामी कुरुवा समेत साँझ विहान भोकै  बस्नु पर्ने बाध्यता थियो ।
 
यस्तै समस्यालाई केही हद सम्म निमूल पर्न एक युवा समुहले संक्रमित र संक्रमितका कुरुवालाई खाना खुवाउने अभियान चलाएको छ । छ जना युवाहरुको समुहले जेठ १२ गते देखी भरतपुर अस्पताल , पुरानो मेडिकल कलेजमा कोरोना संक्रमितका कुरुवालाई र विपी कोइराला क्यान्सर अस्पतालमा भने संक्रमित र संक्रमितका कुरुवा दुवैलाई खाना खुवाउदै आएका छन् ।
 
 
हाल दैनिक सरदर २५० जनालाई खाना खुवाउँदै आएको समुहले बचौँ र बचाऔँ, एक आशाको किरण भन्ने मुल मन्त्रसहित ६ जना पेसाकर्मी युवाहरु मिलेर सुरु गरेको अभियानमा नारायगढ जेसीस र चितवन अटोमोबाइल डिलर्स  एसोसिएसनले सहयोग गर्दै आएकोमा हाल केही व्यक्तिगत रुपमा पनि सहयोग आएको एक अभियन्ताले बताए ।
 
हाल दैनिक ज्याला मजदुरी गर्नेहरुले पनि खाना पाएनन् भन्ने जानकारीमा आए अभियानले त्यसतर्फ पनि ध्यान दिने जनाएको छ । अभियन्ताले भरतपुर नारायणगढ क्षेत्रआसपासमा कुनै पनि व्यक्तिले खाना खानै नपाएको गुनासो आएमा अभियानका युवाहरुलाई सिधै  सम्पर्क गर्न सकिने  नाम नबताउने शर्तमा एक अभियान्ताले विद्युत संसारलाई  बताए । 
 भरतपुर–नारायणगढ क्षेत्रआसपासमा कुनै पनि व्यक्तिले खाना खानै नपाएको गुनासो आएमा अभियानका अभियन्तालाई सीधै सम्पर्क गर्न आग्रह गर्दै सम्र्पक नम्बर ९८५५०६१८४४, ९८५५०५९४६०, ९८५५०५०८८०, ९८४५०४६०९९, ९८४४२७०३३० र ९८६०३९५३२२ समेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया