भर्खरै

निषेधाज्ञा खुकुलो भएसँगै खुले उपत्यकाका बिजुली पसल

  • प्रकाशित मिति : मंगल, असार ८, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ८ असार । सरकारले आठ साता लामो निषेधाज्ञा केही खुकुलो बताए पछि आज उपत्याकाका बिजुली पसल सञ्चालन भएका छन् । 
उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित ६ गते आइतवार बसेको संयुक्त बैठकले व्यवसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय सँगै विद्युतीय सामग्रीका पसलहरु असार १४ गते सम्म सञ्चालन हुने गरी खुलेका छन् । 
 
सरकारले  निर्माणजन्य सामाग्री पसल अन्तर्गत जारी गरीएको बुदा नंं ३ को (ङ) अनुसार बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म विद्युतीय सामग्रीहरुको लागि समय तोकेको छ ।
असार १४ गते सम्म पसल सञ्चालन गर्न अनुमती दिए सँगै विद्युतीय सामग्रीहरुको केन्द्र भोटेबहाल क्षेत्रमा केही चहलपलह बढेको छ । 
सरकारले दिएको स्वस्श्य मापदण्डका आधारमा व्यवसाय सञ्चालन गरेको भोटेवहालका एक व्यवसायीले बताए । 
कुन व्यवसायी कुन बार खुल्छन् ।
जिल्ला प्रशासनले निर्णय गरे अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् ।
 सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।

प्रतिक्रिया