भर्खरै

बाढीबाट प्रभावित स्थानमा विद्युतीय एवं स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण

  • प्रकाशित मिति : बिही, असार १०, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं असार । काठमाडौं विद्युतीय व्यवसायी संघ र लायन्स कल्ब अफ काठमाडौं धरहराको सयुक्त सहकार्यमा मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएको र सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मेलम्ची–हेलम्बु क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानमा विद्युतीय एवं स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । 
 
सामाजिक काममा सक्रिय हुँदै आएको विद्युतीय व्यवसायी संघ काठमाडौंले सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने क्रममा मेलम्ची–हेलम्बु क्षेत्रमा गएको बाढीका कारण हुन गएको धनजनको क्षती भएको स्थानमा लायन्स कल्ब अफ काठमाडौं धरहराको संयुक्त सहकार्यमा रु.३,००,०००।– (तीन लाख) बराबरको विद्युतीय सामाग्रीहरु एवं स्वास्थ्य सामाग्रीहरु गत मंगलबार हस्तान्तरण गरेको हो ।
 
संघका अध्यक्ष श्री सरोज कुमार रेग्मीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मेलम्ची–हेलम्बु क्षेत्रको सार्वजनिक स्थानमा जडान गर्न मेलम्ची नगरपालिका, चनौटे वडा कार्यालय र केउले हेलम्बु हेल्थपोष्टमा विद्युतीय सामाग्रीहरु एवं स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको नेपाल विद्युतयी व्यवसायी संघका अध्यक्ष रेग्मीले बताए ।
 
लायन्स कल्ब अफ काठमाडौं गौरवको स्वास्थ्य शिविर
सिन्धुपाल्चोकको मेलम्ची–हेलम्बु क्षेत्रमा गएको बाढीबाट प्रभावित स्थानियहरुलाई स्वास्थ्य शिविर प्रदान गरेको छ ।  
 
गत मंगलवार काठमाडौं गौरवले बाढी प्रभावित क्षेत्रमा रहेका बालबच्चा, वृद्ध, अशक्त असाह्यहरुलाई स्वस्थ्य जाँच तथा निशुल्क औषधी बितरण गरेको लायन्स कल्ब अफ काठमाडौं गौरवका अध्यक्ष लायन दयाराम कार्कीले बताए । 
 
 उक्त कार्य लायन्स कल्ब अफ काठमाडौं ३२५ वि १ डिस्ट्रिकका केहि क्लबहरु र अन्य केही संथाहरुको सहकार्यमा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago