भर्खरै

शिक्षित गरिब युवा सफल बीमा अभिकर्ता तर बीमा क्षेत्रमा सरोकार निकायको किन उपेक्षा ?

  • प्रकाशित मिति : शुक्र, असार ११, २०७८
  • - कृष्ण प्रसाद आचार्य / सदस्य, पेशागत बीमा अभिकर्ता संघ नेपाल
title

  विश्व बजारमा बीमाको महिमा अग्रपंक्तिमा रहेको छ तर नेपाल जस्तो बिकाससील देशहरुमा वि.सं.१९९४ सालमा नेपाल बैङ्क लिमिटेडको स्थापनासँगै नेपालको बीमा इतिहासको प्रारम्भ भएको हो । वि.सं. २००४ सालको आश्विन ८ गते नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेडको स्थापना गरी बीमाको कार्य सञ्चालन गरिएको पाइन्छ । यही नै नेपालको इतिहासमा प्रथम बीमा कम्पनी हुन सफल भयो । तर सात दशकको लामो यात्रा गरिरहदा राज्य तथा सरोकारवाला निकायले बीमा अभिकार्तालाई दिने सेवासुबिधा प्रति कठोर बनेको बीमा कम्पनीहरु प्रति अभिकर्ताहरुले आरोप लागिरहेको छ ।
 
बीमाको शुरुवात आर्थिक क्षतिलाई कसरी बचाउन सकिन्छ भनेर शुरु गरिेएको पाईन्छ ।समुद्रमा सामान एक ठाउँबाट अर्को ठाँउमा लैजाँदा लुटेराहरुले लुट्ने क्रम धेरै बढेपछि सो सामान ओसार–पसार गर्ने ब्यपारी पुनःपूँजी जुटाएर कारोबार गर्न नसक्ने स्थितिमा पुग्दथे । यो समस्या बाट जोगिन व्यापारीहरु सल्लाह गर्दै गए, निचोड निस्क्यो । सबैले थोरै थोरै को एउटा जगेडा (थैली जस्तै) तयार गर्ने र जो लुटिनेमा पर्छ त्यो ब्यापारिलाई सो कोषबाट पुनः व्यापार गर्न थेग–भर गर्न सहयोग गर्ने । पुनः जिबिकोपार्जन गर्न सकोस । पिडा सम्झेर जीबन बर्बाद, परिवार बर्बाद गर्न तिर नलागोस । बचोस र केहि योगदान अरुको लागि पनि गर्न सकोस । पछि जीबनको क्षतिलाई पनि उस्को क्षमताको आधारमा निश्चित समय– निश्चित रकम आधार मानेर जम्मा गर्ने गरियो । सो समय भित्र उस्को जीबनको क्षति भएमा उस्को आश्रित परिवारलाइ सो रकम दिइने र आफै करार गरेको समय सम्म जीबित रहेमा सो व्यक्तिले आफ्नै जीवनकालमा सदुपयोग गर्ने ब्यबस्था मिलाइयो । यसरि जीबन बीमाको पनि शुरुवात भएको पाइन्छ । 
 
    यहाँ बीमाको जन्म कस्तो भावनाबाट प्रेरित भएर गरिएको छ, प्रस्ट छ । कति स्वच्छ र सफा छ । कुनै र कसैको स्वार्थको लागि मात्र प्रयोग भएको पाइन्न । पछि जब अनगन्ति बिकास हुदै गयो स्वार्थ,जालझेल पनि त्यसरिनै बढ्दै गएको छ । सबल सक्षम र चलाखहरुले आफ्नै र आफन्तको लागि भरपुर प्रयोग कसरी गर्न सकिन्छ भनेर बिरामीलाई पहुच भित्र राख्ने कोशिसमा लागेको पाइन्छ र केहि हद सम्म सफल हुन लागेको होकि भन्ने भान पनि पर्दै गइरहेको छ । 
 
    बिकसित र धनालढ्य मुलुकहरुमा जीबन बीमा र निर्जिबन बिमा धेरै नै ब्यबस्थित भइसकेको अबस्था हो । विशेष गरेर एसियन मुलुकमा अझ भनौ नेपाल, भारत, भुटान जस्ता देशहरुमा पनि बीमा बजार फस्टाउँदै र  विश्वास बढ्दै गएको अवस्था रहदाँ रहँदै पनि निश्चित मानिसहरु यस क्षेत्रबाट धन असाध्यै कमाउने स्वार्थको लागि प्रयोग गर्न लालायित देखिन थालेको प्रष्ट छ । प्रायः बीमा कम्पनीमा लगानी कर्ताले लगानी तयार गरेर स्विकृती पाइसकेपछि व्यबस्थापन तयारी सँगसँगै बजारमा गएर बीमा बारे प्रचार–प्रसार गर्ने बीमा अभिकर्ताहरु आवश्यक पर्दछ । तिनलाई बीमा बारेमा तालिम–कम्पनिको हैसियत, बीमा योजनाहरुको बारेमा जानकारी  दिएर निश्चित योग्यताको आधारमा लाइसेन्स दिएर गाउँ– शहर पठाइन्छ र बीमा कम्पनीले दिएको ढाँचामा फर्म भराई, आधिकारिक जन्म मिति खुल्ने कागजात र रकम ल्याएर बीमा कम्पनिमा जम्मा गर्न भनिन्छ । सो ब्यक्तिले बुझाएर, सहमतीमा राजिखुशि गराएर बीमा गराउन सफल भयो भने कम्पनीले केहि दिने भयो, नत्र जति सुकै गाउँ–शहर जति डुलोस, मानिसहरुलाई बीमा बारेमा सम्झाउँदै प्रचार–प्रसार जति सुकै गरोस, जुत्ता चप्पल जतिसुकै फटाओस,  जति सुकै पसिना काढोस्  केहि पाउने वाला छैन राज्यबाट पनि कम्पनिबाट पनि । निःशुल्क काम गरिरहन पर्छ । यो हबिगत राज्य टुलु टुलु हरेर मुसुमुसु हाँसिरहन्छ । 
 
     बिडम्बना छ, जब मेहनतमा विश्वास गरेर सफलता पाउँदै जान्छ, उस्लाई समाजले विश्वास गर्दै जान्छ, अझै काम गर–सफलताको शिखर चुम्न पर्छ तिमिले, तिमी हाम्रा मेरुदण्ड हौ, तिमी हाम्रा ब्राण्ड हौ, तिमीलाई उच्च सम्मान छ भन्दै हौसला थपिरहन्छन । आफ्ना–आफन्त, साथी–भाइ, चिन–जान कम्पनीमा कम्पनीको प्रगती र आफ्नो पनि उन्नति हुने सपना सधैं अनवरत बाडिरहन्छ । घाम–पानि, डाडा –पाखा  उठ्दा–बस्दा,जन्ति–मलामी जहाँ पनि  कम्पनी र बीमा योजनाकै बारेमा भट्याइ रहन्छ । मेहनत–प्रयत्न बाबजुत केहि ल्याएर कम्पनिमा जम्मा गर्यो त केहि पायो । बिडम्बना छ जब केहि सम्बन्धहरु कम्पनीलाई ति अभिकर्ताहरुले सम्पतीको रुपमा जोडिदिन्छन तब स्वार्थ पुरा भएको भान हुदै जान्छ र प्रचार–प्रसार गर्नेहरु सँगको सम्बन्ध त्याग्न खोजिन्छ । बिडम्बना अर्को पनि छ, अधिकांश अभिकर्ताहरुले गरिब परिवारका मेहनतीहरु पाइएको छ, अलि सम्पन्न परिवारकाहरुलाई यो कार्य गर्न लाज लाग्ने गर्छ, पेशा प्रस्ट भन्न हिचकिचाउछन । बरु पहुचको आधारमा नोकरी खोज्छन, बिदेश पलायन हुन्छन भविष्य नदेखेर राम्रो मुलुकतिर । गरिब, मेहनति, इमान्दारहरुले प्राय धेरै को मन जितेर बिमा क्षेत्र मा सफलता हासिल गरिरहेको पाइन्छ ।
 
 
नेपालको हकमा जीबन, निर्जिबन बीमाहरुमा केहि मात्रामा विकास हुदै पनि गइरहेको देखिन्छ । तर माथि भनिए झै यस क्षेत्रबाट असिमित धन कमाउने लालसाले जो बिश्वास गरेर पैसा जम्मा गरिदिने बिमित होस या दौडेर कम्पनी सम्म ल्याउने, जोहो गर्ने अभिकर्ता होस, कसैको वास्ता नगरि पहुच र पैसाको आडमा एकलौटी तरिकाले हड्पन लागि परेको पाइन्छ । यस कार्यको लागि नियमनकारी निकायले पनि साथ दिदै आइरहेको भान हुन्छ । ब्यबस्थित गर्दै लानु पर्ने बीमा बजारलाई कहिले अभिकर्ताहरुले धेरै पारिश्रमिक लिए त कहिले बिमितको पैसा सित्तैमा खाए भनेर भ्रमको खेति गरिन्छ । सालाखाला हिसाब गर्दा अभिकर्ताको कमाइ २/३ प्रतिशत भन्दा माथि रहेको पाइदैन भने लगानी कर्ताले कति समयमा कति प्रतिसत कमाए र बिमितले कति प्रतिसत पाउदै गएका छन भन्ने हिसाब–किताबको गर्न पर्ने जरुरी पनि देखिएको छ । जाने–बुझे सम्म अभिकर्ताहरुले कामको आधारमा नियमनकारी निकाय अन्तर्गत रहेका कम्पनीहरुबाट निश्चित समयको लागि कम्पनीले तोकेको ब्याजमा कम्पनिलाई किस्तबन्दिमा फिर्ता गर्ने गरेर सहि छाप,साक्षि– किनारा, धितो सबै प्रकृया पुरा गरेर उपभोग गरेको पाइन्छ, त्यो पनि न्युन रकम । कानुनी राज्यमा नियामक निकाय अन्तर्गत रहेका कम्पनीहरुमा गरेका सम्झौताहरु पनि कानुन सम्बत नै हुन्छन भन्ने कुरामा दुविधा छैन । कम्पनिले अभिकर्ता सँग गरेको सम्झौता अनुसार लगानी गरेर रकम ब्याज सहित असुलउपर गर्ने अधिकार राख्दछ भने अभिकर्ता पनि आचरणमा रहेर तोकेको ब्याज सहित समय सिमा भित्र तिर्दै जानु पर्ने हुन्छ । १/२/३/५ वर्षको सम्झौतामा २/३ महिनामै उठाइ सक्नु पर्ने भन्ने निर्णय गर्दा सम्झौताहरु को के अर्थ रहला ? जनमानसको विश्वास अभिकर्ता माथि छ, अभिकर्ताहरुलाइ नै नियमक निकाय, संचालक र कम्पनीले यो ब्यबहार गर्छ भने भोलि हामीले गरेको करारमा हरेक बहाना  करारमा  फेरबदल गर्दै तपाइकै मान्छेको जवाफदेहिता नरहेको भन्दै जम्मा भएको पैसा र उचित पाउनु पर्ने मुनाफा पाइन्छ नै भन्ने के सत्यता रहला भन्ने छाप पर्न थालिसकेको छ । अर्को तर्फ विश्वमा असफल प्रमाणित भैसकेको संस्थागत अभिकर्ताको बहाना गर्दै बिमा कम्पनि मालिक उनै, बैंकका मालिक उनै अब बीमा अभिकर्ता पनि आफ्नै संस्थाहरुलाई बनाउन नियमनकारी निकायको मिलेमतोमा तयारि गरिएको छ । यि सबैको स्वार्थ एकै ठाउबाट लिइदिने हो भने अबको अर्थतन्त्र कता धकेलिएला ? बीमाबाट संकलित रकम आफ्नै लगानि रहेको बैकहरुमा सस्तो ब्याजमा भित्रयाउने, सो रकमलाई आफुले चाहेको ठाउमा लगानीमा लैजाने, तत पश्चात बीमााले कमाउन नसकेको बहाना गर्दै न्युन भन्दा न्युन मुनाफा दिएर बिमितहरुलाइ पन्छिन बाध्य बनाउदै लैजाने र आफुहरु धनालढ्य माथि धनालढ्य बन्दै जाने रणनितिले नेपालको अर्थतन्त्र निश्चित मानिसहरुको चंगुलमा जाने तर्फ उन्मुख छ । बीमाको इतिहासमा समय समयमा अभिकर्ताहरुले बिमित भगवान, अन्नदाता हुन भन्दै नियामक निकायमा, कम्पनीमा बिमितको मुनाफा समय सापेक्ष पढाउ भन्दै कयौ पटक भनसुन गर्ने, लिखित दस्तावेजहरु दर्ता गराउदै सभा–जुलुस सँगै खबर्दारिहरु गरेका इतिहास छन । के अब अभिकर्ता उ आफै भएमा बिमितको लागि वकालत गर्दै आवाज उठाउलान ? यो स्वार्थ कहा मिल्छ, ठुलो प्रश्न चिन्न खडा हुन्छ । अर्को कुरा नेपालका अधिकांश संस्थाहरु सुविधा भोगी र शहर केन्द्रित मात्र हुने गरेका छन । यसबाट पनि के प्रस्ट हुन्छ भने बीमा बजारमा संस्थागत अभिकर्ताबाट नेपालिहरु रुष्ट भैसकेका छन । 
       गरिब र भ्रष्टचारको जड रहेको भनेर चिनिने हाम्रो देशका लाखौ नेपाली दाजु–भाइ, दिदि–बिहनि बिदेशी मुलुकमा दिनरात नभनी ज्यान जोखिममा राखेर रेमिट्यान्स भित्रर्याई रहेछन । देश रेमिट्यान्सले चलेको छ, कुनै उत्पादनहरु छैनन् । रेमिट्यान्सबाट भित्रिएको पैसामा पनि गिद्धे दृष्टि परिसकेको हुनाले ति पैसा गरिबका घर सम्म पुग्न नदिने र तिनै रेमिट्यान्स मार्फत आफ्ना बिमा कम्पनीमा भित्र्याउने रणनीति अपनाएको हुदाँ नियामक निकाय सँगको हिमचिम प्रष्ट ऐना जतिकै छर्लङ्ग अगाडि छ । के यि सब कार्यहरु हुदै गएमा मालिकहरूले बिमितको बारेमा चिन्ता र चासो गर्लान त ? बुझ्न जरुरि छ । 
 
   बीमाबाट संकलित रकमबाट बीमा कम्पनि हुदै बैक र अन्य गरेर कति रोजगारी सिर्जना भएको छ भन्ने कुरा पनि प्रमुख हो । हाम्रो जस्तो बेरोजगार अधिक भएको मुलुकमा ५/६ लाख स्वरोजगार भएको तथ्यांक नियामक निकाय बीमा समितिसँग छ । बिगतमा बैंकहरु मार्फत खातामा रहेको बचत हेरेर गराएका बीमाहरु, गार्हो परेर आफ्नो कामकाज गर्न बैंकबाट ऋण लिदा मैले बीमा गरिसकेको छु वा गर्दिन ऋणिले भन्दा भन्दै पनि हाम्रो नियम छ भन्दै जबरजस्ती गराएका बिमाहरु लथालिङ्ग छन । के ति अर्बौ रुपैया ब्याज सहित फिर्ता गर्ने जिम्मा नियामक निकायले लिन पर्छ कि पर्दैन ? आवाजहरु उठ्न थालिसकेका छन । ति पैसाको जोहो बिमा समितिले गर्ने बेला आइसकेको छ । कति ऋणिहरुले त घुमाउरो बाटो प्रयोग गरेर घुस लिएको महसुस गरेका छन । के बिमा घुसको रुपमा प्रयोग हुन सक्छ ? जवाफ खोज्ने बेला आएको छ । बैक, संस्थाका एउटा व्यक्तिले तालिममा सहभागि हुने भनिएको छ तर संस्थाका सबै कर्मचारीहरूलाई बीमा संकलनमा होमिन्छ । ति सबले बीमाको सबै कुरा बुझाएर बीमा गराउछन त ? बीमाको रिजल्ट निकाल्न नसके तलब रोक्का, बडुवा रोक्का जस्ता दुर्व्यवहार बिगतमा पनि बैंकका कयौ कर्मचारीहरुले भोगेकै हुन । हिनताबोध भएर राजिनामा दिएका समाचारमा हामिले सुनेका, पढेका  कुरा ताजै छन । हाम्रो जस्तो बीमा चेतना कम भएको देशमा बीमा  अभिकर्ताहरुलाइ अझै उत्कृष्ट तालिमहरु दिएर निखार्नु पर्ने समयमा प्रविधिको हवाला दिदै आर्थिक धरातलमै धमिलो पारेर स्वार्थ सिद्ध तर्फ उन्मुख देखिन्छ बिमा समिति पनि। तराइ पहाड जतासुकै होस, स–सानो बिमाशुल्क लिन, बीमा आए–नआएपनि हप्तौ दिन घर छोडेर अभिकर्ताहरु चिनेजाने कँहा र चिनजान बडाउदै बिमा बुझाउन पुग्ने गरेका छन । के संस्थाको कर्मचारि त्यसरि गइदिन्छ, त्यो मेहनत गर्छ भन्ने छ ?  प्रत्यक्ष भेटघाट–सुझ–बुझ राम्रो चिनजान, विश्वास नभई कति प्रतिशत बीमा आएका होलान ? बीमा कम्पनी र बीमा समिति सँग कुनै लेखाजोखा र आँकडा छ ? अब नियामक निकायले पनि संस्थागत अभिकर्ताको नाममा जोड दिदै जाने हो भने आफैले लाइसेन्स दिएका ५/६ लाख अभिकर्ताको लाइसन्स जिम्मा लिएर रोजगारीको ग्यारेन्टी पनि तत्कालै गर्न पर्ने अबस्था टड्कारो छ । अर्को कुरा बीमा समितिमा जति पनि कर्मचारीहरु हुनुहुन्छ, कुन आधारमा  तलब, सेवा सुबिधा, भत्ता,  लिइरहनु भएको छ ? नेपाल सरकारको बजेटबाट त पक्कै हैन होला । त्यहाँ पनि अभिकर्ताहरुको थोरै योगदान, मेहनत, रगत–पसिना त परेकै होला । बुझ्ने कोशिश गर्न पर्छ कि भन्ने हो । 
     याबत कुराहरुलाई मध्यनजर गर्दा उत्पादन र तयार रहेका अभिकर्ताहरुलाई हौसला दिएर गाउँ गाउँ, कुना–कन्दरा सम्म बिमाको पहुँच पुर्याउन सहयोग गर्न पर्ने हुन्छ नकि संस्थाका कर्मचारि गएर गर्नेछन । सुखी नेपाली–समृद्ध नेपालको परिकल्पनालाई सहि रेखामा डोर्याउन बीमा बजार कोसेढुङ्गा साबित हुने छ । बीमाबाट संकलित रकमको लगानीको दायरा पनि फराकिलो बनाउदै लानपर्ने आवश्यकता पनि उत्तिकै छ । बीमा बजारलाई ब्यबस्थित, मर्यादित बनाउनतिर नलागेर निश्चित स्वार्थ मा निति–निर्माण कर्ताहरु लागेमा देशको बिमा बजार मात्र हैन देशकै अर्थ–तन्त्रमा बिचलन आउने र भयावह परिस्थिति को सामना गर्न पर्ने प्रष्ट देखिन्छ । सो समय सम्ममा न बिमितहरुको न त अभिकर्ताहरुको धैर्यता रहला । अत दुरगामी सोचहरु नल्याए, परिपालना नगरे प्रबिधि र नियामक निकायको वकालत मात्र गरिरहेमा हाम्रो जस्तो मुलुकमा देशकै भविष्य अन्योलता तर्फ धकेलिने छ ।
 
 लेखकः पेशागत बीमा अभिकर्ता संघ नेपाल सदस्य 
 तथा बिमक समिति बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ साथै उहाँ सँग बीमा अभिकर्ताको दुई दशकको अनुभव छ ।

प्रतिक्रिया