भर्खरै

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि गाउँपालिकाको कार्यालय अर्को जिल्लाबाट सञ्चालन

  • प्रकाशित मिति : मंगल, असार १५, २०७८
  • - रासस
title
गोरखा, १५ असार । सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । 
 
जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । असार लागेसँगै लगातारको वर्षाका कारण आएको बाढीपहिरोले विद्युतको पोल ढलेको हुँदा पालिकाको कार्यालय रहेको माछाखोलामा लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । “विद्युत् सेवा र इन्टरनेटको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उनले भने, “आर्थिक वर्ष सकिनै लाग्दा सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत समस्या भएको छ ।” गत जेठको अन्तिम सातादेखि अवरुद्ध भएको विद्युत् सूचारु हुने अवस्था नभएपछि गाउँपालिकाले अस्थायी रुपमा स्थापना गरेर भएपनि कार्यालय सञ्चालनमा ल्याउन वाध्य भएको अध्यक्ष गुरुङको भनाइ छ । 
 
“कामको चाङ छ, केही गर्न नै पाइएको छैन”, गाउँपालिकाका उपाध्यक्ष फुलमायाँ गुरुङले भने, “आइतबारदेखि कार्यालयका झिटीगुन्टा लिएर धादिडको त्रिपुरा सुन्दरीमा अस्थायी कार्यालय स्थापन गरि काम थालेका छौ ।” माछीखोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभएपछि अस्थायी रुपमा कार्यालय स्थापना गरेर भएपनि सेवाग्राहीलाई सेवा दिइरहेका छौं, उनले भने । असार लागेसगै परेको अबिरल वर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछीखोलासम्म जडान गरिएको राष्ट्रिय प्रशारण लाइनको विद्युत् पोल दर्जनौ स्थानमा ढलेका छन् । पोल ढलेका कारण विद्युत् सेवा प्रवाह गर्न समस्या भएको बताइएको छ । त्यस क्षेत्रमा तत्कालै विद्युत् प्रवाह गर्न सक्ने अवस्था नरहेको सल्यानटार विद्युत् प्रशारण केन्द्रले जनाएको छ । 
 
“बुढीगण्डकी नदीको बगरबाट माछाखोलासम्म पुरयाइएको विद्युत्को हाइटेन्सन लाइन बाढीका कारण नदीको बीच भागमा पुगेको छ”, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, “भिरालो स्थानका केही पोलहरु पहिरोले कामै नलाग्ने गरी विग्रिएको छ । विद्युत् र इन्टरनेट सुचारु हुनासाथ पुनः आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिनेछ ।” नेपाली सेनाले सुचारु गरेको आरुघाट—माछीखोला सडकअन्तर्गत विभिन्न स्थानमा सोमबार राति पहिरो जाँदा अवरुद्व बनेको छ । सडक अवरुद्ध हुँदा मान्बु हुँदै काशीगाउँ भएर मात्र माछीखोला पुग्नु पर्ने वाध्यता छ ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago