भर्खरै

सुरु भएन नौबस्ता औद्योगिक क्षेत्र निर्माण

  • प्रकाशित मिति : बुध, असार २३, २०७८
  • - Admin
title
असार २३ नेपालगञ्ज । नौबस्ता औद्योगिक क्षेत्र परियोजनाको काम अझै पनि सुरु हुन सकेको छैन । निवर्तमान सङ्घीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले २०७७ फागुन ११ औद्योगिक क्षेत्र शिलान्यास गरेको चार महिना बितेको छ तर काम भने सुरु भएको छैन ।
 
औद्योगिक क्षेत्र निर्माणस्थलमा तीन सय जति स्थानीयले घर टहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण निर्माण कार्य सुरु गर्न नसकिएको हो ।
सो परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड रुपियाँ बजेट छुट्याएको थियो तर काम सुरु नहँुदा सो बजेट चालू आर्थिक वर्ष २०७७र७८ मा खर्च हुन नसकेका नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटकपटकको प्रयास सफल हुन नसकेपछि निर्माण कार्य सुरु हुन नसकेको हो ।
 
औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ बिगाहा क्षेत्रफलमा तीन सय हाराहारीमा घर निर्माण गरेर बस्ती बनाइएको छ । स्थानीयले सो बस्ती हटाउन नमान्दा औद्योगिक क्षेत्रको काम अगाडि बढ्न सकेको छैन ।
२०७२ साल चैत १ गते औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेकोमा छ वर्ष बिते पनि हालसम्म परियोजनाको डीपीआर र ईआईएबाहेक अरू कुनै काम गर्न नसकेको परियोजना व्यवस्थापन कार्यालयले जनाएको छ ।
 
व्यवस्थापन कार्यालयका प्रमुख पुनले बस्ती व्यवस्थापनका लागि प्रयास गरिए पनि कोरोनाका कारण अगाडि बढाउन नसकिएको बताउनुभयो ।
काम नहुँदा ६१ करोड रुपियाँ खर्च नभए पनि त्यो बजेट फ्रिज नहुने र आगामी वर्ष खर्च गर्न सकिने उहाँले बताउनुभयो ।
घर टहरा बनाएर बसेकाका लागि ३१ बिगाहा जग्गा छुट्याउने प्रस्ताव अघि सारेर सहमतिको प्रयास भइरहेको पुनले बताउनुभयो । महामारीका कारण सहमतिको काम अगाडि नबढे पनि अब केही दिनमै फेरि प्रयास सुरु गरिने उहाँको भनाइ छ ।
नौबस्ता औद्योगिक क्षेत्रको डीपीआरअनुसार त्यहाँ तीन सय उद्योगहरू स्थापना हुनेछन् । यसले लुम्बिनी र कर्णाली प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुग्ने उद्योगी व्यवसायीको भनाइ छ ।
-गोरखापत्र अनलाईनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago