रु आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

  • प्रकाशित मिति : शनि, असार २६, २०७८
  • - रासस
title

कञ्चनपुर, असार । भीमदत्त नगरपालिका १८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ ।
 
रु सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले रु एक करोड ४३ लाख रकम व्यहोरेका छन ।
खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वित भएका छन । आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ । खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ । वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताए ।
 
 “ उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौ”,ं उनले भने, “उपभोक्ता समेत थपिदै जान्छन ।” 

प्रतिक्रिया