भर्खरै

उच्च गतिको इन्टरनेट एफटिटिएच सेवा वितरण

  • प्रकाशित मिति : शनि, असार २६, २०७८
  • - रासस
title
डोटी, असार । पछिल्लो समय जिल्लामा इन्टरनेटको माग बढेसँगै जोरायल गाउँपालिका–२ बुडर बजार तथा यहाँ रहेका सरकारी कार्यालयमा नेपाल टेलिकमले उच्च गतिको ताररहित इन्टरनेट सेवा एफटिटिएच सेवा वितरण गर्न थालेको छ ।
 
 नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तार गर्न थालेको छ । उक्त टेलिफोन सेवाबाट फोन, इन्टरनेट तथा ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । बुडर बजारलगायत अन्य अन्य निजी घर तथा कार्यालयमा उक्त सेवा वितरणका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम राजपुरले जनाएको छ । जिल्लाका प्रमुख व्यापारी केन्द्र पिपल्ला, राजपुर, दिपायल तथा सिलगढीमा उक्त सेवा वितरण गरिएपछि अहिले यहाँका अन्य बजारमा सेवा वितरण गर्ने कार्य शुरु गरिएको हो । 
 
यसअघि यो सेवा काठमाडौँमा मात्रै शुरु गएिको थियो । नेपाल टेलिकमका सुदूरपश्चिम प्रदेशका क्षेत्रीय निर्देशक नामाकर न्यौपानेले केही महिना पहिले पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा पहिलो पटक उक्त एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गर्नु भएसँगै अहिले आएर उक्त सेवा जोरायल–२ बुडर क्षेत्रमा विस्तार गर्न थालिएको नेपाल टेलिकम राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए । नेपाल टेलिकमले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज समेत उपलब्ध गराइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिए । 
 
त्यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा रु आठ हजार शुल्क लाग्ने छ । हाल एफटीटीएच प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र १०० मिटर फाइबर तार निःशुल्क प्राप्त प्रदान गरिने टेलिकम कार्यालयले जनाएको छ । 
 
जिल्लामा यसअघि एडिएसएल र फोरजी सेवा विस्तार गरिँदै आए पनि अबदेखि नौवटै स्थानीय तहमा एफटिटिएच सेवा सञ्चालन गरिने भएको छ । जिल्लाका नौवटै स्थानीय तहमा यो सेवा विस्तार गरिएसँगै यहाँका अन्य छिमेकी जिल्ला डडेल्धुरा, बैतडी, अछाम, बझाङ र बाजुराका सबै स्थानीय तहमा पनि सेवा विस्तार गरिने टेलिकमको योजना छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago