भर्खरै

संयुक्त विद्यार्थी संगठनले भोलिदेखि निगमका गाडी चल्न नदिने

  • प्रकाशित मिति : आइत, असार २७, २०७८
  • - विद्युत संसार
title

काठमाडौं, असार । संयुक्त विद्यार्थी संगठनले भोलि (असार २८) बाट निगमका गाडी चल्न नदिने भएको छ । 
नेपाल आयल निगमले असार २४ गते मूल्यवृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गरी माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले भोलिबाट निगमका गाडी चल्न नदिने घोषणा गरेको हो । 
 
घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
 
 
आज आइतबार विद्यार्थी संगठनहरुले ७ बुँदे संयुक्त विज्ञप्तिमा एसइइ तथा कक्षा ११,१२ को परिक्षामा देखिएको समस्या समाधानमा राष्ट्रिय परिक्षा बोर्डको ध्यानाकर्षण गर्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएको छ ।

प्रतिक्रिया