भर्खरै

जाँदा–जाँदै ओली सरकारले बढायो गाडी भाडा, नयाँ भाडादर हिजो मङ्गलवारदेखि नै लागू

  • प्रकाशित मिति : बुध, असार ३०, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ ३० असार । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचना निकाल्दै लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ ।
 
भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ ।
 
बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने गरी सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ । बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ ।
 
भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ । २०७५ सालको असोजमा बढाएयता भाडा समायोजन नगरिएको र योबीचमा इन्धन तथा अन्य पाटपुर्जाको समेत मूल्य धेरै नै बढेकाले यस पटक गाडी भाडा पनि बढाइएकोहो ।
 
हेर्नुस् यातातात व्यवस्था विभागले जारी गरेको सुचना  
 

प्रतिक्रिया