भर्खरै

रुपन्देहीका उद्योगीले ट्रंकलाइन महसुल तिर्न नसक्ने भन्दै प्राधिकरणलाई बुझाए निवेदन

  • प्रकाशित मिति : बिही, असार ३१, २०७८
  • - विद्युत संसार
title
बुटवल ३१ असार ।  प्राधिकरणले उद्योगहरुलाई २०७४ सालदेखिको छुट बिलको बक्यौता असार मसान्तभित्र भुक्तानी गर्न भन्दै करिडोरका २३ वटा उद्योगलाई असार ११ गते अल्टिमेटम दिएपछि बुटवल–भैरहवा करिडोरका उद्योगले आफूहरुले माग र उपभोगै नगरेको ट्रंकलाइन विद्युत महसुल तिर्न नसक्ने भन्दै नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएका छन् ।
 
उद्योगीहरुले  आफूहरुले ट्रंकलाइन विद्युत माग नगरेको र उपभोग पनि नगरेको भन्दै महसुल तिर्न नसक्ने जानकारीस हित प्राधिकरणको प्रदेश कार्यालय बुटवल र भैरहवा वितरण केन्द्रमा निवेदन बुझाएका हुन् । उद्योगीहरुले प्राधिकरणलाई बुझाएको निवेदनमा उद्योगले माग नगरेको ट्रंकलाइनको महसुल भुक्तानी गर्न भनी भएको पत्राचार कानूनी सिद्धान्तको समेत विपरीत रहेको उल्लेख छ ।
 
बुटवल–भैरहवा कोरिडोरमा प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गरेको समयमा केही उद्योगीले उद्योग बन्द गरे केहीले जेनेरेटरबाट उद्योग सञ्चालन गरेको भन्दै सोही समयमा प्राधिकरणलाई जानकारी गराएको उद्योगीको भनाई छ । विद्युत प्राधिकरण प्रदेश कार्यालयका अनुसार बुटवल–भैरहवा करिडोरका २३ उद्योगको छुट बिलवापत करिब ४० करोड रुपैयाँ बक्यौता देखाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago