भर्खरै

सुपर आँखुखोला जलविद्युत निर्माणको नाममा अवैध वन फँडानी

  • प्रकाशित मिति : शुक्र, साउन १, २०७८
  • - विद्युत संसार
title

 काठमाडौं, साउन । धादिङ जिल्लाको रुवी भ्याली गाउँपालिकामा निर्माणाधीन सुपर आँखुखोला जलविद्युत आयोजनाको नाममा अवैध तरिकाले वन फडानी भएको छ । 
गोरक्ष हाइड्रोपावर प्रा.लि.ले निर्माण गरेको २५.४ मेगावाटको उक्त आयोजनाका लागि सडक बनाउने नाममा जथाभावी रुखहरु फडानी भएको हो । 
आयोजनाका लागि सडक निर्माण गर्न रुवी भ्याली गाउँपालिकाको वडा नम्बर ४ र ५ मा करिव एक हजार भन्दा बढी रुखहरु काटिएका छन् ।
 
प्रदेश सांसद जगत सिंखडा, गाउँपालिका अध्यक्ष चेरुङ तामाङलगायत स्थानीय सरकारका उपाध्यक्ष एवं वडाअध्यक्षहरू समेत आर्थिक प्रलोभनमा परि उक्त कार्य भइरहेको छ । आयोजनाको काम अगाडि बढाउँदा वातावरणीय पक्षमा ध्यान दिनुपर्ने तालुकवाला निकाय जिल्ला वन कार्यालय धादिङकोसमेत यो प्रकरणमा मिलेमतो रहेको देखिएको छ । वन ऐन तथा नियमावलीले विकास आयोजनाका क्रममा वन फडानी गर्नुपर्ने भएमा त्यसवापत प्रति रुख बराबर २५ वटा रुख रोप्नुपर्ने व्यवस्था गरेको छ । साथै रुख रोपन आवश्यक जग्गाको समेत प्रबन्ध गर्नुपर्ने र पाँच वर्षसम्म ती रुख हुर्काउन तथा सम्भार गर्नुपर्ने कानुनमा उल्लेख छ ।
 
आयोजनाले जिल्ला वन कार्यालय धादिङको संरक्षणमा गाउँपालिका र प्रदेश सांसदसँगको मिलेमतोमा राज्यलाई करोडौंको नोक्सानी पु¥याएको छ भने पर्यटकीय गन्तब्यमध्येको एक रुवी भ्यालीलाई उजाड बनाएको छ ।  महानिर्देशकले यो प्रकरणमा अबिलम्म हस्तक्षेप गरी कानुन कार्यान्वयन तथा दोषीलाई कारवाही गर्न गरेका छन् । स्रोत : न्युज अफ नेपाल डटकम

प्रतिक्रिया