भर्खरै

हतारोको परिणामः उद्घाटनको दुई सातामै भयो तामाकोसीको उत्पादन बन्द

  • प्रकाशित मिति : सोम, साउन ४, २०७८
  • - विद्युत संसार
title

काठमाडौं ४ साउन ।  राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी पूर्ण तयारीबिनै हतारोमा उद्घाटन गर्दा पहिलो र दोस्रो युनिट दुवैमा समस्या देखिएपछि विद्युत उत्पादन बन्द भएको छ ।
स्वदेशी लगानीमा दोलखामा निर्माण भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन सुरु गर्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असार २१ मा उद्घाटन गरेका थिए । 
पूर्व प्रधानमन्त्री ओलीले आफ्नै पालामा निर्माण पूरा भएको सन्देश दिन ओलीले पूर्ण परीक्षण नै नगरी आयोजना उद्घाटन गर्दा प्राविधिक समस्या देखिएपछि पहिलो युनिट बन्द भएको हो । 
आयोजनाको पावर ट्रान्सफर्मरमा समस्या देखिएपछि अहिले कुलेखानी जलविद्युत् आयोजनामा लगेर मर्मत गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
आयोजनाको दोस्रो युनिट पनि मंगरबारदेखि राष्ट्रिय प्रणालीमा जोडिएको थियो तर अहिले दोस्रो युनिट पनि बन्द रहेको छ । साउन १५ बाट मात्र आयोजनाले व्यावसायिक उत्पादन थाल्ने भएकाले अहिले परीक्षणका क्रममा सामान्य प्राविधिक समस्या आएको प्राधिकरणको भनाई रहेको छ । आयोजनाले साउन १५ भित्र आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु गर्ने योजनामा छ ।
 
माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् आयोजनास्थलबाट २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यु खिम्ती सबस्टेसन हुँदै खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

प्रतिक्रिया