भर्खरै

२० युनिट सम्म बिजुली निः शुल्क दिनुपर्छ : मन्त्री भुसाल

  • प्रकाशित मिति : बिही, साउन १४, २०७८
  • -
title

जनकपुर, साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने  र २० युनिट सम्म बिजुली निःशुल्क दिनुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज आयोजित सम्मान कार्यक्रममा  २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताएका हुन् ।
 
अब बिजुलीको महशुल सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको छ । 
 
आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यक रहेकामा जोड दिदैं भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय धाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी रहेको बताए ।

प्रतिक्रिया