भर्खरै

दाङका तीन गाउँमा अझै पुगेको छैन बिजुली, अर्को गाउँमा घण्टौँ लाइनमा बसेर मोबाइल चार्ज गर्नुपर्ने समस्या

  • प्रकाशित मिति : शुक्र, साउन १५, २०७८
  • -
title
दाङ, साउन । दाङको सदरमुकाम घोराही उपमहानगरपालिका–१९ का तीन वटा गाउँमा अहिलेसम्म बिजुली नपुग्दा मोबाइल चार्ज गर्न एक घण्टासम्म हिँडेर अर्को गाउँमा जानुपर्ने बाध्यता रहेको छ ।
 
घोराही उपमहानगरपालिका–१९ का श्रीचौर, भलारा र छाप गाउँमा बिजुली बत्ती पुगेको छैन । तीन वटा  गाउँमा करिब एक सय ५० घरधुरीको बसोबास रहेको छ ।
मोबाइल चार्ज गर्न नजिकको गाउँबाट आधा घण्टा र टाढाको गाउँबाट एक घण्टासम्म पैदल हिँडेर छोडनेटा बजारमा आउनुपर्ने बाध्यता रहेको श्रीचौरका स्थानीय नरबहादुर घर्तीले बताए ।
’सबैका घरमा मोबाइल छन्, अरुले चलाउँदा आफूले पनि चलाउन पर्यो । त्यसैले मोबाइल चार्ज गर्न आएका छौँ’—मोबाइल चार्ज गर्न आउनु भएका घर्तीले भने—’कहिलेकाँही त घण्टौँ लाइन बसेर बल्ल चार्ज गर्ने पालो आउँछ ।’
 
घोराही–होलेरी सहिद मार्ग अन्तर्गत पर्ने छोडनेटा बजारका ९ घरमा गएको वर्ष बिजुलीको लाइन जोडिएको हो । गाउँतिर लाइन जाने त सुरसार नै नभएको ताराबहादुर विकले बताए । उपमहानगरपालिकाको बासिन्दा भए पनि गाउँमा बिजुलीको लाइन नपुग्दा टेलिभिजन चलाउने, बत्ती बाल्ने जस्ता कुरा सपना जस्तै भएको स्थानीयको गुनासो छ । तीन गाउँका मानिसहरु आफैँ पालो मिलाएर  मोबाइल चार्ज गर्न आउने गरेको च्यानगैरा बजारकी बिमला घर्तीले बताए ।
छोडनेटा बजारमा मोबाइल चार्ज गर्न आउनेको प्रायः मेला लागे जस्तै हुन्छ ।  उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago