भर्खरै

टेलिकमका कर्मचारीको आन्दोलन १२औँ दिनमा

  • प्रकाशित मिति : आइत, साउन १७, २०७८
  • - रासस
title
काठमाडौँ, १७ साउन । कर्मचारीको सेवासुविधा र वृत्तिविकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् ।
 
साविकको कर्मचारी विनियमावली २०६१ मा रहेको तह १० मा आठ वर्ष र तह ११ मा पाँच वर्षको सेवा अवधि पूरा भएपछि स्वतःअवकाश हुने (क्यापिङ) सम्बन्धी व्यवस्था यथावत् राख्नुपर्नेलगायत ३२ सुत्रीय माग प्रस्तुत गर्दै कर्मचारी यही साउन ५ गतेदेखि धर्ना दिँदै आएका हुन् । 
 
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकम वकर्स युनियन र नेपाल टेलिकम युनियन कर्मचारी युनियनको अगुवाइमा शुरु गरिएको सो धर्नामा सहभागीले टेलिकम सञ्चालक समितिको २०७० साल साउन ६ गतेको निणयानुसार प्रत्येक तीन÷तीन वर्षमा नेपाल राष्ट्र बैंकको प्राइज इनडेक्सबमोजिम समायोजन हुनुपर्ने महँगी भत्ता समायोज गरी लागू गर्न पनि अनुरोध गरेका छन् । 
 
नेपाल टेलिकम वकर्स युनियनका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले कम्पनीको संस्थागत सुधार, कर्मचारीको वृत्तिविकास र टे«ड युनियनको अधिकारबारे व्यवस्थापन तथा सम्बन्धित निकायसँग पटकपटक आग्रह गर्दासमेत सम्बोधन नभएपछि कर्मचारीले सङ्घर्षका कार्यक्रम गर्नुपरेको जानकारी दिए । उनले वार्ताका लागि मात्रै भन्दा अर्थपूर्ण वार्ताका लागि सम्बन्धित निकायसँग आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago