भर्खरै

घरेलु उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घटाउँछु : मन्त्री भुसाल

  • प्रकाशित मिति : मंगल, साउन १९, २०७८
  • - Admin
title

काठमाडौं, साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरेलु उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घटाउने बताएकी छिन् । ललितपुर महानगरपालिका–३ मा मंगलबार आयोजित विद्युतीय गाडी र विवेकशील बत्ती शुभारम्भ गर्ने कार्यक्रममा बोल्दै उनले डलरमा खरिद गर्नुपर्ने एलपी ग्यासलाई विस्थापित गर्न घरेलु उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घटाउने तयारी सरकारले गरेको बताएकी हुन् । 
 
एलपी ग्यास विस्थापन गरी बिजुली खपत गर्ने अभियानमा सहयोग गर्न मन्त्री भुसालको आग्रह गरेकी छिन् । 
उनले विद्युत खपत बढाउनका लागि ललितपुरका जनतालाई विद्युतीय सामग्रीहरु प्रयोग गर्न आग्रह गरिन् ।  मन्त्री भुसालले बिजुलीको चुलोमा खाना पकाउन सबैलाई आग्रह गर्दै आफूले विद्युत् महसुल दर घटाउने नीति सार्वजनिक गर्न लागेको जानकारी दिइन । केही दिनमा त्यस विषयमा निर्णय गर्नेछु ।”
 
भान्सादेखि सवारीसाधनसम्म विद्युतीय ऊर्जा प्रयोग गर्न अपिल गर्दै मन्त्री भुसालले “हाम्रो देशको पैसा हाम्रै देशमा खर्च गर्न लागौँ । त्यसले मात्रै व्यापारघाटा कम गर्न सहयोग गर्छ ।” आफूले आधारभूत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने नीति ल्याउन लागेको समेत उनले जानकारी दिइन् ।  सिंहदरबारको अधिकार घरदैलोमा भन्ने नारा दिएर तीन तहको सरकारको व्यवस्था गरिएको स्मरण गर्दै उनले वडा नं ३ ले समाजका सबै क्षेत्र वर्ग र समुदायलाई आफ्नो उत्कृष्ट प्रशासनिक, सेवा र सुविधा दिन सफल भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago