भर्खरै

हितेन्द्रलाई बोलाएर ऊर्जामन्त्रीले भनिन– कुलमानलाई नियुक्त गर्नुपर्ने भयो, ठाउँ खाली गरिदेउ

  • प्रकाशित मिति : मंगल, साउन १९, २०७८
  • -
title
काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउनु पर्यो भयो भन्दै हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा गर्न निर्देशन दिएकी छन् । 
 
मन्त्री भुसालले मंगलबार शाक्यलाई मन्त्रालयमा बोलाएर ठाडो निर्देशन दिएकी हुन् । भरपर्दो स्रोतका अनुसार आफ्नो पार्टी अध्यक्ष (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड)को चाहना पनि कुलमानलाई नियुक्ति दिनुपर्छ भन्ने रहेको सुनाउँदै उनले शाक्यलाई प्राधिकरण छोडन् आग्रह गरेकी हुन् । 
तर शाक्यले भने आफूलाई सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक बनाएकाले उक्त अवधि प्राधिकरण सुधारका लागि लागिरहने बताएका थिए । उनले मन्त्रिपरिषदबाट हटाए पनि आफू कानुनी उपचारमा जाने स्पष्ट पार्दै तर राजीनामा नदिने अडानका साथ मन्त्रालयबाट फर्किएको स्रोतको भनाई छ । 
 
हितेन्द्रदेव शाक्यलाई पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले कार्यकारी निर्देशक नियुक्त गरेको हो । घिसिङलाई पुनः प्राधिकरणमा ल्याउने विषयमा मन्त्री भुसाल, माओवादी केन्द्रका अन्य नेता र प्रचण्डबीच छलफल भइरहेको थियो ।  कर्पोरेट नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago