भर्खरै

प्रसारण क्षमता नहुँदा ‘फुलफेज’मा विद्युत् उत्पादन हुन पाएन

  • प्रकाशित मिति : बुध, साउन २०, २०७८
  • - रासस
title
गलेश्वर, साउन । गत असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण क्षमताको अभावमा अझै पनि ‘फुलफेज’मा विद्युत् उत्पादन गर्न पाएको छैन ।
 
‘हाइड्रो हव’ का रूपमा विकसित हुँदै गरेको नारच्याङमा निर्माण गरिएको सो आयोजनाको पूर्ण उत्पादन (४२ मेगावाट नै) क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा पूर्णरूपमा व्यावसायिक उत्पादन गर्न नसकेको जनाइएको छ । आयोजनाका अनुसार विद्युत् प्राधिकरण लोडसेन्टरको माग दैनिक २८ देखि ३० मेगावाट मात्र रहेकाले सोही अनुपातमा विद्युत् उत्पादन गरी ग्रीडमा पठाइएको छ । ४२ मेगावाट उत्पादन क्षमता भए पनि विद्युत् प्राधिकरणको प्रसारण क्षमता नहुँदा नोक्सानी व्यहोर्न आयोजना बाध्य भएको आयोजनाका कन्स्ट्रक्शन म्यानेजर चुडामणि निरौलाले बताए ।
 
“हामीले गत जेठ १५ गतेबाट विद्युत् उत्पादन गरी ग्रीडमा पठायौँ र असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन शुरु ग¥यौँ”, आयोजनाका म्यानेजर निरौलाले भने, “प्राधिकरणको प्राविधिक कारणले लोड सेन्टरको मागअनुसार अहिले सरदर ३० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।” 
 
मिस्त्रीखोलाबाट उत्पादित विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानास्थित कालीगण्डकी करिडोर २२० केभिए प्रसारण लाइनको सबस्टेशनमा जोडिएको छ । यो प्रसारण लाइन पूरा भएको छैन ।  पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै रहेको छ । प्रसारण लाइनको सम्पूर्ण काम पूरा नभएसम्म नारच्याङमा निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका  जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न नसकिने आयोजनाका कन्स्ट्रक्शन म्यानेजर न्यौपानेको भनाइ छ ।
 
कालीगण्डकी र आसपासका नदीमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नेपाल विद्युत् प्राधिकरणले नारच्याङको छिमेकी वडा दानामा विसं २०७७ माघमा २२० केभी क्षमताको सबस्टेशन बनाएको थियो । दानाबाट पर्वतको खुर्कोटसम्म ११० वटा टावर बनाएर ३९.६ किलोमिटर डबल सर्किटको तार तानिएको छ । तर पर्वत–बुटवल खण्डमा प्रसारण लाइनको काम जारी नै रहेको छ ।
 
विसं २०७३ जेठबाट निर्माणको थालनी गरेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको कूल लागत रु पाँच अर्ब ६४ करोड रहेको छ । माउण्टेन इनर्जी प्रालिले निर्माण गरेको यो आयोजनाको प्रतिमेगावाट रु १३ करोड ५० लाख उत्पादन लागत रहेको छ । यो आयोजना नेपालकै सस्तोे प्रोजेक्ट भएको दाबी गरिएको छ । आयोजनाले विद्युत् प्राधिकरणसँग प्रतियुनिट वर्षायाममा चार रुपैयाँ ६६ पैसा र हिउँदमा चार रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता गरेको छ ।
 
अन्नपूर्ण गाउँपालिकाको वडा नं ४  मा पर्ने नारच्याङमा १० वटा विद्युत् आयोजना निर्माणाधीन छन् । यहाँ ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्रक्रियामा छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago