भर्खरै

प्राधिकरणका निर्देशक शाक्य पद छाड्न तयार, अन्यायपूर्वक हटाए अदालत जाने चेतावनी

  • प्रकाशित मिति : बुध, साउन २०, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, साउन । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले पुन कुलमान घिसिङलाई ल्याउने तयारी गरिरहेका बेलामा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूले पद छाड्न तयार रहेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै निर्देशक शाक्यले आफूले सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै पद छाड्न तयार भएको हो । 
‘सरकारलाई सहयोग गर्न अर्को कुनै ठाउँमा काम गर्ने गरी पद छाड्न तयार छु, तर मलाई अन्यायपूर्वक हटाउन खोजियो भने अदालत जाने चेतावनी समेत दिएका छन् ।  
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष प्रचण्डको सहमतिमा प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्त गर्नका लागि प्रक्रिया अगाडि बढाउन ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएको समाचार बाहिर आएको थियो 
यसै सन्दर्भमा आज बुधबार शाक्यले पत्रकारहरुसँग कुराकानी गरेका थिए ।
 
शाक्यले आफ्नो कार्यकालमा पछिल्लो ६ महिनामा देशकै ठूलो स्वचालित ४०० केभी ढल्केबर सबस्टेसन सञ्चालनमा आएको, ४५६ मेगावाटको माथिल्लो तामाकोसीका ४ वटा युनिट (३०४ मेगावाट) सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभीमा चार्ज, २२० केभी न्यू खिम्ती सबस्टेसन, कालीगण्डकी कोरिडोरअन्तर्गत दाना सबस्टेसनसहित दाना–कुस्मा खण्ड, १३२ केभीका सिंगटी–लामोसाँघु एवं १३२ केभी समुद्रटार–त्रिशूली–३ ‘बी’ लगायत महत्वपूर्ण सबस्टेसन र प्रसारण लाइन पूरा भएको समेत बताए ।
उनले भने २२० केभीका मस्र्याङ्दी–काठमाडौं, मस्र्याङ्दी कोरिडोर, १३२ केभी सोलु कोरिडोर लगायत प्रसारण लाइन पूरा हुँदैछन् । वितरणतर्फ, आन्तरिकरूपमा हजार मेगावाट विद्युत खपत बढाउन टास्क फोर्स बनेर काम भइरहेको छ ।
उनले कोरोना महामारीका कारण विद्युत् चुहावट रोक्न नसकिएको समेत स्वीकार गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago