भर्खरै

सरकारी छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने अवसर, ३० गते परीक्षा

  • प्रकाशित मिति : शुक्र, साउन २२, २०७८
  • - विद्युत संसार
title

काठमाडौं २२ साउन । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले आर्थिक स्थिति कमजोर भएका र योग्य तथा जेहेन्दार विद्यार्थीलाई सरकारी छात्रवृत्तिमा पूर्ण आवासीय सुविधासहित बूढानीलकण्ठ स्कुलमा पढाउन परीक्षा लिने भएको छ । विद्यार्थीलाई पूर्ण आवासीय सुविधासहित बूढानीलकण्ठ स्कुलमा तथा क्षेत्रीयस्तरका अन्य विद्यालयमा समेत छात्रवृत्तिमा पढ्नका लागि संयुक्तरुपमा सञ्चालन गरिने छात्रवृत्ति छनोट परीक्षाका लागि  यसपटक देशभर २४ वटा परीक्षा केन्द्र तोकिएका छन् । 
 
स्तरीय शिक्षा प्रदान गर्दै आएको बूढानीलकण्ठ स्कुलमा अध्ययन गर्ने विद्यार्थीमध्ये एक तिहाई विद्यार्थीलाई नेपाल सरकारले छात्रवृत्तिमा पढाउने गरेको छ । हरेक वर्ष ४० जना विद्यार्थीलाई बूढानीलकण्ठ स्कुलमा पढ्नका लागि छात्रवृत्ति प्रदान गर्ने गरेको शिक्षा मन्त्रालयले गत वर्ष सम्पन्न हुन नसकेको कक्षा पाँच र यसवर्षका पाँचकक्षामा पढ्न योग्यता पुगेका विद्यार्थीका लागि कक्षा पाँचर छमा ४०–४० गरी जम्मा ८० सिटका लागि यही साउन ३०गते देशभर परीक्षा सञ्चालन  गर्नलागेको हो ।
 
विद्यार्थीहरुले मन्त्रालय वा विद्यालयको वेबसाइटबाट परीक्षा फाराम डाउनलोड गरी आवश्यक कागजातहरु  र अन्य प्रक्रिया पूरा गरी ३० गते बिहान दस बजेअगावै तोकिएका परीक्षाकेन्द्रमा बुझाई परीक्षामा सहभागी हुन पाउनेछन् । यस वर्ष देशभरबाट कक्षा पाँच र छका लागि स्वास्थ्य मापदण्ड अपनाएरविद्यार्थी छनौट गर्ने कार्यक्रमका लागि सिसिएम्सीले अनुमति दिइसकेको छ ।
 
साउन ३० गते हुने प्रवेश परीक्षामा आफ्नो पायक पर्ने केन्द्रमा विद्यार्थीहरुले परीक्षा दिन पाउनेछन् तर यसका लागि कम्तीमा तीन वर्षदेखि सामुदायिक विद्यालयमा पढेको भने हुनुपर्दछ । आदिवासी, पिछडिएका, गरिब, जनजाति र सीमान्तीकृत समुदायका विद्यार्थीलाई स्तरीय शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले बूढानीलकण्ठमा एकतिहाइ विद्यार्थीलाई पूर्ण आवासीय सुविधासहित र अन्य क्षेत्रीय विद्यालयहरुमा ती क्षेत्रका छानिएका विद्यार्थीलाई नेपाल सरकारले छात्रवृत्ति दिँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago