भर्खरै

भन्सार छलेर ७८ लाखका मोबाइल ल्याउदा दुईजना पक्राउ

  • प्रकाशित मिति : शुक्र, साउन २२, २०७८
  • - रासस
title

नवलपुर २२ साउन । भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
 
दुम्किबासमा बरामद गरिएको मोबाइलको बजार मूल्य करिब रु ७८ लाख पर्ने जानकारीमा आएको गिरीको भनाइ छ । इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले बिहीबार राति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३–च–५५४४ नम्बरको कारमा सुरक्षा जाँच गर्ने क्रममा अवैधरूपमा जिल्ला भित्र्याइँदै गरेका मोबाइल बरामद गरिएको गिरीले जानकारी दिए । भन्सार छलेर ल्याइएका मोबाइल आजै भन्सार कार्यालय पठाइने उनको भनाइ छ । 
 
भन्सार छलेर मोबाइल ल्याउने चितवनको भरतपुर महानगरपालिका–८ का अर्जुन ढकाल र भरतपुर–२१ का इन्द्रलाल श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई दुम्किबास प्रहरीको हिरासतमा राखिएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

तल्लो मोदीको उत्पादन तीन सातादेखि ठप्प

पर्वत, असोज । यहाँ सञ्चालित १० मेगावा 33 minutes ago

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

कर्णाली, असोज । उच्च अदालत सुर्खेतले 49 minutes ago

सिँचाइका लागि प्रभावकारी बन्दै जलाशय

तुलसीपुर ७ असोज । दाङको ५६ हजार हेक्ट 21 hours ago

सैनामैनामा विद्युत् सब–स्टेसन शिलान्यास

रूपन्देही/सैनामैना– रूपन्देहीको स 1 day ago