भर्खरै

बुटवल पावर कम्पनीको नाफा २९ प्रतिशतले घट्यो

  • प्रकाशित मिति : शुक्र, साउन २९, २०७८
  • - Admin
title
काठमाडौं, साउन । बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को आम्दानी र नाफा दुवै घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवै घटेको देखिएको हो । 
 
अघिल्लो आर्थिक वर्ष २०७७ असार मसान्त सम्ममा ७३ करोड १२ लाख रुपैँया खुद नाफा गरेको थियो भने आर्थिक वर्ष २०७८ असार मसान्त सम्ममा कम्पनीले ५० करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३१ प्रतिशतले कमी भएको हो ।
 
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६८ करोड ६७ लाख बाट ५.४२ प्रतिशत घटेर ६४ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ । पानीको बहाव र नेपाल विद्युत प्राधिकरणसँगको स्थिर दर पीपीएका कारण विद्युत बिक्री आम्दानी घटेको बुटवल पावर कम्पनीले जनाएको छ ।
 
समीक्षा अवधिमा कम्पनीको कुल नाफा २९.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २६.१५ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १०.०२ प्रतिशत घटेको छ ।
 
खुद नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १५ पैसा घटेर १७ रुपैयाँ १० पैसामा सीमित भएको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २३७.१५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २९.५९ गुणा रहेको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago