भर्खरै

माथिल्लो तामाकोशीले खुद घाटा ७३ प्रतिशतले घट्यो

  • प्रकाशित मिति : आइत, साउन ३१, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, साउन । दोलखाको विगु गाउँपालिका लामा बगरमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले भर्खरै उत्पादन सुरु गरेको छ । हालसालै मात्र उत्पादन सुरु गरेकोले त्यसवापतको कमाइ वासलातमा नदेखिएका कारण सार्वजनिक वित्तीय विवरणमा माथिल्लो तामाकोशी घाटामा गएको देखिएको छ । कम्पनीले आइतबार गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद घाटा अघिल्लो वर्षको भन्दा घटेको सार्वजनिक गरेको छ । 
 
अघिल्लो वर्ष १५ करोड ४० लाख रुपैयाँ घाटामा गएको कम्पनीले त्यसलाई ७३ प्रतिशतले घटाएर ४ करोड १६ लाख रुपैयाँमा झारेको छ । 
 
कम्पनीमा नेपाल विद्युत प्राधिकरणमार्फत सरकारको १३ अर्ब रुपैयाँ दीर्घकालीन ऋण छ । यसबाहेक नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बीमा संस्थाको १४ अर्ब रुपैयाँ दीर्घकालीन ऋण रहेको भने प्राधिकरणको २ करोड रुपैयाँ अल्पकालीन ऋण छ ।
कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गरिसकेको छ । अहिले यसको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ भने प्रति सेयर  नेटवर्थ ९२ रुपैयाँ रहेको देखिन्छ ।

प्रतिक्रिया