भर्खरै

विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट

  • प्रकाशित मिति : सोम, साउन ३२, २०७८
  • - विद्युत संसार संवाददाता
title

साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट गरेको छ । 
 निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफुलाई कानुन विपरित पदबाट हटाएको दाबी गर्दै सर्वोच्चमा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
 
उनले आफूलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमानलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् । कुलमान घिसिङले आज बुधवार दिउँसो साढे १ बजे विद्युत् प्राधिकरणमा पुगेर पदबहाली गरेका थिए । 

प्रतिक्रिया