भर्खरै

सरकारले बिजुलीको आन्तरिक खपत बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ अभियान सञ्चालन गरिँदै

  • प्रकाशित मिति : बुध, भदौ २, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, भदौं । सरकारले बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडाँै’ भन्ने नाराका साथ प्रवद्र्धनात्मक योजना अगाडि सारेको छ ।
 
नेपालमा उत्पादित बिजुली स्वदेशभित्र नै खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो । 
महँगो मूल्यमा वर्षेनी सरकारले अनुदान दिएर खरिद गरिएको एलपीजी ग्यासको तुलनामा स्वदेशको बिजुली प्रयोग सस्तो एवं भरपर्दो हुने र आन्तरिक अर्थतन्त्रलाई बढावा दिने लक्ष्यका साथ ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ योजना अगाडि सारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको भनाइ छ ।
दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुलीसमेत राष्ट्रिय प्रणालीमा जोडिएपछि देशभित्र कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ ।
 
प्रणालीमा हाल एक हजार ५०० मेगावाट बराबरको बिजुली माग छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको छ । सरकारको योजनाअनुसार चालु आवको अन्त्यसम्म प्रणालीमा सरकारी तथा निजी क्षेत्रका आयोजनाहरुबाट कूल एक हजार ६२९ मेगावाट बिजुली जोडिने प्रक्षेपण रहेको छ ।
 
त्यसमा सरकारी लगानीका माथिल्लो तामाकोशीसहित, रसुवागढी १११, साञ्जेन र माथिल्लो साञ्जेन ५६, मध्यभोटेकोशीको १०२ मेगावाट बिजुली थप हुनेछ । यस्तै निजी क्षेत्रका आयोजनाले एक हजार ५५ मेगावाट थप हुनेछ । त्यसो हुँदा प्रणालीमा झण्डै तीन हजार ५०० मेगावाट भन्दा बढी बिजुली उपलब्ध हुने छ ।
 
त्यसैले सरकारले बिजुली खपतको लागि सरकारले पहिले त प्राधिकरणको वितरण प्रणालीलाई सुधार गर्न आवश्यक छ । त्यसका लागि घरघरमा जडान गरिएको फ्यूज तथा भोल्टेजको समेत व्यवस्थापन गर्नु जरुरी छ । आगामी दिनमा वर्षायामको विद्युत् खेर जान नदिन समयमा नै आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने मन्त्री भुसालको भनाई छ ।
 
भुसालले भनिन्, “आन्तरिक खपत बढाउन यसलाई मध्यनजर गरी वर्षायाम र सुक्खायामको लागि फरक फरक विद्युत् महसुल निर्धारण गर्ने र धेरै विद्युत् खपत गर्ने ग्राहकलाई महसुलमा सुविधा दिने निर्णय भइसकेको छ ।” साथै आन्तरिक खपतपश्चात् बढी भएको विद्युत् छिमेकी देशहरुमा निर्यात गर्ने प्रबन्ध मिलाउने सरकारको तयारी रहेको उनले बताए ।
 
अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गरिन् ।
 
“यो योजनाबाट ग्यास खरिद वापत विदेशीने पुँजी नेपालमै बस्छ भने अर्कातिर ग्राहकले सस्तोमा विद्युतको उपभोग गर्न पाउँछन् भने खपत बढ्ने र निकट भविष्यमा खेर जान सक्ने विद्युतको उपयोग हुनेछ र प्राधिकरणको आम्दानीसमेत बढ्ने छ”, उनले भनिन् ।
 
यस्तै, देशभित्र बिजुलीको खपत बढाउने र कृषिउपजको उत्पादन बढाउने लक्ष्यका साथ सिँचाइमा प्रयोग हुने बिजुलीको महसुलमा सहुलियत दिने तयारी गरिएको छ ।
 
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमअन्तर्गत जनताको लगानीमा अप्पर अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोशी पाँचौँ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीको लगानीमा अप्पर मोदी ६० मेगावाटको आयोजनालाई निर्माणमा लैजाने सरकारको योजना रहेको उनले जानकारी दिइन् ।
 
प्राधिकरणले ग्राहकलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने बताउँदै उनले गुनासोको तत्काल सम्बोधन गर्ने संयन्त्र बनाउने, वितरण संरचनाको स्तरोन्नति एवं विस्तार गर्ने, प्रविधिको प्रयोग गर्दै स्वचालितमा जाने, स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्न कार्यलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताइन् ।
 
यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् उत्पादनदेखि वितरणसम्मको प्रणाली अनुगमन, नियन्त्रण र व्यवस्थापनमा स्वचालित प्रणालीको प्रयोगमार्फत सञ्चालन लागत घटाई ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago