भर्खरै

तामाकोसीका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु, भदौ १५ देखि ४५६ मेगावाटकै व्यावसायिक उत्पादन

  • प्रकाशित मिति : बुध, भदौ २, २०७८
  • -
title
काठमाडौं। माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट विद्युत उत्पादन सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसर पारेर ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको हो।
 
चार वटा युनिटबाट व्यावसायिक विद्युत उत्पादन सुरु भइसकेको माथिल्लो तामाकोसीबाट भदौ १५ गतेभित्र ४५६ मेगावाटकै व्यावसायिक विद्युत उत्पादन सुरु हुने आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले बताए।
 
अहिले वर्षातको समय हो, पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सकिन्छ तर प्राधिकरणको भारप्रेषण केन्द्रले मागे अनुसार मात्रै विद्युत उत्पादन गरिरहेका छौं,उनले भने। 
 
बिहानदेखि साँझसम्म र पिक समयमा आयोजना पूर्ण क्षमतामा चले पनि रातको समयमा भने आवश्यकता अनुसार मात्रै चलाउने गरिएको उनले बताए। आयोजनाको परीक्षणका लागि पहिलोपटक वैशाख १६ गते सुरुङमार्गमा पानी हालेर सुरु गरिएको थियो।
 
तर तल्लो भर्टिकल ९२७३ मिटर० र माथिल्लो भर्टिकल ९३१० मिटर० जोड्ने तेस्रो भागको पेनस्टक पाइपमा बनाइएको ुम्यानहोलु को बिर्कोबाट पानी चुहिएपछि परीक्षण रोकियो। पेनस्टकमा कुनै समस्या आए भित्र गएर मर्मत गर्न म्यानहोल बनाइएको हुन्छ।
 
त्यसपछि दोस्रो अडिट टनेलबाट पानी चुहिएर केहि समय परीक्षण रोकियो। आयोजनाले असार २१ गते पहिलो युनिटबाट उत्पादन सुरु गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर भर्चुअल उद्घाटन गरेसंगै पहिलो युनिट ९७६ मेगावाट० उत्पादन सुरु गरिएको थियो।
 
चैतमा नै पहिलो युनिटबाट उत्पादन गर्ने लक्ष्य थियो। तर विभिन्न समस्या आएका कारण उत्पादन मिति धकेलिएको हो।२०६८ सालमा निर्माण सुरु भएको आयोजना २०७२ निर्माण सक्ने लक्ष्य थियो।
 
निर्माण सम्पन्न हुनुपर्ने बर्ष आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण निर्माण सामाग्री अभाव, ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ९लट २० ठेकेदारको कमजोर कार्यसम्पादन लगायतका विविध कारणले ढिला भएको आयोजनाले जनाएको छ।
 
लट २ को ठेक्का  भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो। कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भइ आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो। उक्त ठेक्का  वित्तीय भार नपर्ने गरि इलेक्ट्रोमेकानिकल ९लट ३० को ठेकदारलाई दिएर सम्पन्न गरिएको हो।
 
रोल्बालिङ निर्माण सुरुवात दसैं तिहारपछि
माथिल्लो तामाकोसीको निर्माण सकिएसँगै प्रवर्द्धक कम्पनीले अपर तामाकोसी हाइड्रोपावरले २२ मेगावाटको रोल्बालिङ आयोजना निर्माण गर्दैछ। 
 
प्रवक्ता न्यौपानेका अनुसार अहिले पहुँचमार्ग निर्माण र वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ। ुदसैंतिहारपछि आयोजनाको निर्माणका लागि टेण्डरमा जाने गरी काम भइरहेको छ, उनले भने। 
 
२२ मेगावाटको रोल्बालिङको निर्माण सकिएपछि हिउँदमा तामाकोसीलाई कम्तीमा ६ घण्टा पूर्ण क्षमता ९४५६ मेगावाट० मा चलाउन सकिन्छ। अहिले भने वर्षातमा अधिकांश समय ४५६ मेगावाटमा चले पनि दिउँसो र रातको समयमा आवश्यकता अनुसार चलाउने गरिएको छ।
  बिजमाण्डू

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago