भर्खरै

चिमखोला–राहुघाट प्रसारण लाइन आयोजना अघि बढ्यो

  • प्रकाशित मिति : शुक्र, भदौ ४, २०७८
  • - सन्तोष गौतम
title
म्याग्दी, भदौ  । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ । 
 
मङ्गले र अपर (माथिल्लो) राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दुवै आयोजनाको प्रवद्र्धक तुँदी पावर कम्पनीले चिमखोलादेखि राहुघाट सवस्टेशनसम्म १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन लागेको हो । 
 
परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रालिका शङ्कर बस्यालले ३५ मेगावाट क्षमताको मङ्गले राहुघाटको विद्युत्गृहबाट ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाटको स्वीचार्ड हँुदै पिप्लेको अम्बाङमा निर्माणाधीन राहुघाट सवस्टेशनसम्म डबल सर्किट प्रसारण लाइन बनाउन लागिएको जानकारी दिए । “रघुगङ्गाको ३, ४, ५ र ७ नम्बर वडामा क्रमशः १३, ३, ३ र ६ र १४ वटा टावर बनाउन प्रस्ताव गरिएको छ”, उनले भने, “२४ महिनामा सम्पन्न गर्ने प्रसारण लाइन बनाउन रु २८ करोड लगानी आवश्यक पर्ने अध्ययनले देखाएको छ ।” 
 
आयोजनाको वातावरणीय प्रभाव न्यूनीकरण तथा सामुदायिक सहयोग कार्यक्रमका लागि रु ६५ लाख प्रस्ताव गरिएको छ । आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले सामुदायिक सहयोग कार्यक्रमको बजेट गाउँपालिकाले सिफारिस गरेका प्रभावित वडाका योजना तथा कार्यक्रममा खर्च गरिने बताए । 
 
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राहुघाट र आसपासका नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरी कम लागतमा सबैले विद्युत् आपूर्ति गर्न मिल्ने गरी प्रसारण लाइन बनाउनुपर्ने बताए । बन्दीमा बाँध निर्माणाधीन रहेको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको दुई वटा अडिटबाट ४०० मिटर सुरुङ निर्माण सकिएको छ । चिमखोलाको मलाङमा विद्युत्गृह रहने मङ्गले राहुघाटको सुरुङ पाँच किलोमिटर छ । कम्पनीका इञ्जिनियर नरोत्तम कार्कीले गत मङ्सिर महिनादेखि सुरुङ खन्न थालिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । 
 
दग्नामको अजिङ्गर भिरदेखि बन्दीसम्म सात किलोमिटर पहुँचमार्ग खनेको यस आयोजनाले चिमखोलास्थित बगरखोला माथि ३० मिटर लामो बेलिब्रिज निर्माण गरेपछि आवतजावत सहज भएको छ । घ्याँसीखर्कमा अर्को बेलिब्रिज बनाउने तयारी गरेको इञ्जिनियर कार्कीले बताए । कूल लागत रु पाँच अर्ब ९२ करोड लागत अनुमान गरिएको मङ्गले राहुघाटको आउटलेटदेखि १५० मिटर तल पानी विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ् । मलाङमा विद्युत्गृह निर्माण गर्न जग्गा व्यवस्थापन गरिएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना भएको छ । 
 
अपर राहुघाटको विद्युत्गृहबाट निस्कने र बगरखोलाको पानी मिसाएर मलाङमै बाँध र राहुघाट जलविद्युत् आयोजनाको बाँधदेखि ५०० मिटरमाथि विद्युत्गृह बनाउने गरी अर्को माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको पनि प्रारम्भिक चरणको काम सुरु भएको छ । विद्युत्गृह र अडिट निर्माणस्थल पुग्ने २०० मिटर सडक निर्माण बाँकी छ । विद्युत्गृह निर्माणस्थल नजिकै राहुघाट नदीमाथि ६९ मिटर लामो बेलिब्रिज निर्माण भएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर अडित १ को सुरुङ निर्माण थालिएको छ । 
 
कुइनेमङ्गलेमा राहुघाट नदीको सहायक ठूलोखोलामा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त ऊर्जा प्रालिले अनुमति लिएको छ । ठूलोखोलाको पनि बाँध निर्माणस्थलसम्म पहुँचमार्ग निर्माण भइसकेको छ ।
 
राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ३० प्रतिशत पूर्वाधार निर्माण सकिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago