भर्खरै

युनाईटेड इदि–मर्दी एण्ड आर वि हाईड्रोपावरको नाफा ४.६ करोड

  • प्रकाशित मिति : आइत, भदौ ६, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौ । युनाईटेड इदि–मर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेड को नाफा रु.४.६ करोड पुगेको छ । विद्युत बिक्रि तथा आम्दानी बढेसँगै उक्त कम्पनीको आम्दानी बढेको हो । 
कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष २०७७÷७८ को अन्तिम तथा चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले चौथो त्रैमास सम्ममा रु.४.६ करोड खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी रु.४.१४ करोड घाटामा रहेको थियो । खुद नाफा बढेसँगै कोमनीको प्रति शेयर आम्दानी पनि अघिल्लो वर्षको सोही अवधिमा रु.१३.१५ ऋणात्मक रहेकोमा र यस त्रैमासमा बढेर रु.१०.९७ कायम हुन आएको विवरणमा उल्लेख गरिएको छ ।
 
विद्युत बिक्री आम्दानीमा २७.५२ प्रतिशत वृद्धि गरी रु.१३.४५ करोड आम्दानी गर्न सफल भएको कारणले कम्पनीको खुद नाफामा सुधार आएको हो । हाल वैकल्पिक रुपमा मर्दी खोला साना जलविद्युत आयोजनाको स्वीचार्डमा लगि उत्पादन भएको विद्युत ३३ के. भी. ट्रान्समिशन लाईनबाट राष्ट्रिय ग्रिडमा प्रवाह गरीरहेकोमा सम्झौता अनुसार प्राधिकरणको बसकोट हेम्जा ३३÷१२३ के. भी. सबस्टेशन निर्माण भए पश्चात यस आयोजना पूर्ण क्षमतामा संचालन भई आम्दानीमा वृद्धि हुने कम्पनीको प्रक्षेपण छ ।
 
हाल ७ मेगावाट क्षमताको माथिल्लो मर्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीको चुक्ता पूँजी रु.४२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.४.५२ करोड ऋणत्माक रहेको जगेडा तथा कोष यस त्रैमासमा बढेर रु.८.४८ लाख कायम हुन आएको छ । यस्तै, कुल शेयरधनीकोषमा रु.४२.०८ करोड रहेको छ भने प्रति शेयर किताबीम ूल्य रु.१००.२ कायम हुन आएको विवरणमा उल्लेख छ ।
 
यस्तै, अघिल्लो त्रैमासमा रु.१.१२ अर्ब रहेको कर्जा सापट घटेर रु.९९.९६ करोड पुगेको छ जसले गर्दा कम्पनीको कर्जा र शेयरधनीकोष अनुपात २.३७ गुणा कायम हुन गएको देखिन्छ । 

प्रतिक्रिया