भर्खरै

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छ केही दिनमा नै पूनः बढ्न सक्छ

  • प्रकाशित मिति : मंगल, भदौ ८, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं भदौ , नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल÷मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको निगमले जनाएको छ ।
 
अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ । एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० कायम गरिएको निगमले जनाएको छ ।
 
हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रति लिटर दुई रुपैयाँले बढाइएको र हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ बढाएर नयाँ मूल्य सात सय ७० प्रति किलोमिटर पु¥याएको सोमवार निगमले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
“निगमको घाटा निरन्तर रही नै रहने तथा अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम नरोकिने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने वाध्यता आउन सक्ने देखिन्छ ।” विज्ञाप्तीमा भनिएको छ ।
 
मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर ४२०.७५रुपैयाँ घाटा रहने निगमले बताएको छ । निगमले गत असार ३० गते पनि मूल्य समायोजन गरेको थियो । निगमले इन्डियन आयल कर्पाेरेशनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago