भर्खरै

नेपालबाट ५६ मेगावाट विद्युत् भारत निर्यात, आयात २३ मेगावाटमा झर्यो

  • प्रकाशित मिति : बुध, भदौ ९, २०७८
  • -
title
 
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको मात्रा घटाउँदै निर्यात बढाउन थालेको छ ।
 
प्राधिकरणको भार प्रेषण शाखाका अनुसार अस्ति सोमवार नेपालले भारतमा ५६ मेगावाट बिजुली निर्यात गरेको छ । त्यसै दिन जम्मा २३ मेगावाट आयात भएको थियो । आज ५० मेगावाट निर्यात भइरहेको छ भने ३३ मेगावाट आयात भइरहेको छ ।
 
नेपालले २०७५ सालदेखि इनर्जी बैंकिङमार्फत भारतमा बिजुली पठाउन थालेकोमा यो अहिलेसम्मकै धेरै परिमाणको निर्यात भएको प्राधिकरणले जनाएको छ । यसअघि गएको असारसम्म पनि भारतबाट अधिकतम दुई सय मेगावाटसम्म बिजुली आयात भएकोमा अहिले आयात २३ मेगावाटसम्ममा झरेको हो ।
 
अहिले विद्युत् प्राधिकरण तथा सहायक कम्पनीबाट आठ सय ५९ मेगावाट र निजी क्षेत्रले चार सय ८३ मेगावाट गरी नेपालमा १३ सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । माथिल्लो तामाकोसीको बिजुली उत्पादन भएसँगै यसले आयात घटाउन र निर्यात बढाउन ठूलो भूमिका खेलेको प्राधिकरणले जनाएको छ ।
 
नेपालले भारतसँग विद्युत् आयात गर्न थालेको ३० वर्षपछि मात्रै पहिलो पटक आयात भन्दा निर्यात धेरै गर्न सफल भएको भार प्रेषण शाखाले जनाएको छ ।  उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago