भर्खरै

नेपालमा बिजुली आयात भन्दा निर्यात बढी, हाल बिजुली १४३८ मेगावाट माग

  • प्रकाशित मिति : बिही, भदौ १०, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौ । नेपालमा पहिलो पटक बिजुली आयात भन्दा निर्यात बढी भएको छ । हामीले यो समाचार तयार पार्दा सम्म प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले भारतबाट कुल ३३ मेगावाट आयात भइरहेको छ भने नेपालबाट भारत कुल ५० मेगावाट निर्यात भइरहेको प्राधिकरणको तथ्यांकले जनाएको छ । प्राधिकरणको प्रणालीमा आयातभन्दा निर्यातको मात्रा बढी रहेको छ ।
 
अहिले वर्षाको समय भएकोले आयोजनाहरु पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । तर, नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए झण्डै चार महिनादेखि बन्द छ । यस आयोजना बन्द हुँदा प्राधिकरणको ठूलो आम्दानी गुमेकोे छ ।
 
यस्तै गत असारमा दोर्दी नदीमा आएको बाढीले प्रणालीमा क्षति पु¥याएका कारण मर्मत सम्भार हुन नसक्दा निजी क्षेत्रले निर्माण गरेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी पनि बन्द छ । 
हाल देशभर कूल २९ हजार २९९ मेगावाट घण्टा बिजुली माग रहेको छ । त्यसमध्ये प्राधिकरणको ४४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४५७ मेगावाट बिजुली र निजी क्षेत्रका आयोजनाबाट ५०८ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
हालको माग भने साँझ विहानको समयमा कूल माग भने १ हजार ४३८ मेगावाट रहेको छ ।
प्राधिकरणको भारप्रेषण प्रणालीमा माथिल्लो तामाकोशी पनि जोडिएको छ । विविध समस्या र प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ध्यान नदिएका कारण सो आयोजना लामो समयदेखि बन्द रहेको थियो । 
 
कोरोनाका कारण चिनियाँ ठेकेदार नआएका कारण आयोजनाको मर्मत हुन सकेको छैन । 
प्राधिकरणले माथिल्लो तामाकोशी र भोटेकोशीको बिजुली निर्यात गर्ने बताएपनि भारतबाट अनुमति प्राप्त भएको छैन । हाल निर्यात भइरहेको बिजुली आपसी सहमतिमा पठाइएको बताइएको छ ।

प्रतिक्रिया