भर्खरै

अपर बलेफी जलविद्युत् आयोजना काम ९७ प्रतिशत सकियो

  • प्रकाशित मिति : शुक्र, भदौ ११, २०७८
  • - विद्युत संसार संवाददाता
title

सिन्धुपाल्चोक, भदौ । ३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत आयोजनाको काम ९७ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा निर्माण भएको यस जलविद्युत् आयोजनाको निर्माण कार्य ९७ प्रतिशत सकिएको हो । 
अपर बलेफी हाइड्रोपावर कम्पनीका अध्यक्ष उमेश कसजुले सुरुङ निर्माणको काम एक वर्ष पहिले नै सम्पन्न भइसकेको जनाउँदै आयोजनाबाट उत्पादित विद्युत् दशैँअगावै परीक्षण गर्ने तयारीमा रहेको बताए । 
जुगल गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजिक बाँध बाधी चार हजार ५०० मिटर (४५००) सुरुङबाट वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युतगृहमा पानी खसालिने छ । आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर प्रसारण लाइनबाट लामोसाँधुस्थित सव–स्टेशनमा आबद्ध गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
 
विसं २०७२ मा सुरु गरिएको सो अयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि बाढी पहिरो तथा कोभिड–१९ सङ्क्रमणजस्ता प्राकृतिक प्रकोपका कारण समयमा सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया