भर्खरै

करेन्ट लागेर एक जनाको मृत्यु

  • प्रकाशित मिति : आइत, भदौ १३, २०७८
  • - विद्युत संसार संवाददाता
title

सर्लाही, भदौ । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डलको आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भई आज आइतबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

प्रतिक्रिया