भर्खरै

धादिङको गजुरीमा करेन्ट लागेर २ जनाको मृत्यु, एक गम्भीर घाइते

  • प्रकाशित मिति : सोम, भदौ १४, २०७८
  • - विद्युत संसार संवाददाता
title

धादिङ, भदौ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 
 
मोबाइल टावरको तार बिजुलीको पोलमा जडान गर्न भन्दै बिजुलीको पोलमा भर्याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।  
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले घटना भएको पुष्टि गर्दै घटनामा दुई जनाको मृत्यु भएका र एक जना घाइते भएको बताएका छन् ।  
स्थानीयबासीका अनुसार अर्का एक जना गम्भीर घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । केहीबेरमा विवरण आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया