भर्खरै

धादिङको गजुरीमा करेन्ट लागेर २ जनाको मृत्यु, एक गम्भीर घाइते

  • प्रकाशित मिति : सोम, भदौ १४, २०७८
  • - विद्युत संसार संवाददाता
title
धादिङ, भदौ । धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरे डाँडामा एनसेलको तार जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 
 
मोबाइल टावरको तार बिजुलीको पोलमा जडान गर्न भन्दै बिजुलीको पोलमा भर्याङ हाल्ने क्रममा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।  
ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले घटना भएको पुष्टि गर्दै घटनामा दुई जनाको मृत्यु भएका र एक जना घाइते भएको बताएका छन् ।  
स्थानीयबासीका अनुसार अर्का एक जना गम्भीर घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । केहीबेरमा विवरण आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago