भर्खरै

तेह्रथुम पावरको आईपीओमा २३ लाख ८८ हजारको आवेदन

  • प्रकाशित मिति : सोम, भदौ १४, २०७८
  • - विद्युत संसार संवाददाता
title

भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ देखि १३ गते सम्म सर्वसाधारणलाई  खुला गरेको आईपीओमा २३ लाख ८८ हजारको आवेदन परेको छ । 
कम्पनीले १०० रुपैयाँ अंकित दरले ८ करोड मूल्य बराबरको ८ लाख कित्ता निष्कासन गरेको आईपीओमा २३ लाख ८८ हजारको आवेदन परेको हो । 
 
कम्पनीले कुल निष्कासनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
 
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुको संख्या यति ठूलो भए पनि जम्मा ८० हजार जनालाई मात्रै यसको आईपीओ पर्नेछ । आवेदन दिएका मध्ये करिब २३ लाखकै हात रित्तो हुने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
 
कम्पनीले तेह्रथुममा सञ्चालित ७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको शेयर निष्कासन गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ११ गते शेयर निष्कासन अनुमति पाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago