भर्खरै

जगदम्बाका मालिक साहिल अग्रवालः बिजुलीको साढे २ अर्ब बक्यौता नतिर्न ‘पावर’ लगाउँदै

  • प्रकाशित मिति : सोम, भदौ १४, २०७८
  • - Admin
title
काठमाडौं, भदौ । कुनै समय मर्काउँदा पिटीपिटी भाँचिने फलामे डण्डी बेचेर विवादमा तानिएको जगदम्बा स्टिल्स सबैभन्दा बढी विद्युतको बक्यौता तिर्न बाँकी उद्योग रहेको खुलेको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिल्सका सञ्चालक साहिल अग्रवालले २ अर्ब ५० करोड बक्यौता तिर्न बाँकी रहेको विद्युत प्राधिकरण स्रोतले बताएको छ ।
 
नेपालको ‘नम्बर वान’ दाबी गर्ने दाबी गर्ने जगदम्बा स्टिल्सले हालसम्म २ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको र यो रकम नतिर्ने नियतका साथ नेपाल उद्योग वाणिज्य महासंघ सहितका उद्योगी व्यवसायीका संघ संगठनहरुबाट लविङ गरिरहेको प्राधिकरण स्रोत बताउँछ ।
 
पावरको श्रृङ्खला 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री रहेका मोतिलाल दुगडमार्फत आफ्ना बुबा शंकर अग्रवाललाई लिएर साहिल अग्रवाल निकै पटक उद्योग मन्त्रालय पुगेको स्रोतले बताएको छ ।
 
नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएर बैंक, फाइनान्स तथा इन्स्योरेन्स कमिटीको सभापति भएपछि अग्रवालले अझ बढी लविङ गरेका छन् । यसमा महासंघका अध्यक्ष शेखर गोल्छालाई पनि उनले लगाएका छन् । गोल्छाकै हुलास स्टिल्सले पनि केही बक्यौता रकम तिर्न बाँकी रहेको र उक्त बक्यौता रकम तिर्न नपर्ने लोभ देखाएर अग्रवाल परिवारले गोल्छालाई समेत प्रभावमा पारेर २ अर्ब ५० करोड रुपैयाँ नतिर्ने नियत देखाएको प्राधिकरण स्रोत नै बताउँछ ।
 
‘महासंघबाट बक्यौता रकम तिर्न नपरे हुन्थ्यो भनेर धेरै अघिदेखि लविङ भईरहेको छ’ प्राधिकरण स्रोत भन्छ, ‘यसअघि भवानी राणा अध्यक्ष हुँदा बक्यौता तिर्न बाँकी रहेका उद्योगीहरुले उहाँलाई छुट दिलाउन दबाब दिएका थिए, तर भवानी राणाले यसमा खासै चासो देखाउनु भएन । अहिले गोल्छा आएपछि उहाँ यो विषयमा धेरै बोलिरहनु भएको छ, यसको नाईके साहिल अग्रवाल नै हुन्, किनभने सबैभन्दा बढी बक्यौता तिर्न बाँकी नै उहाँको छ ।’
 
ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता कति ?

गत वर्षको तुलनामा विद्युत महशुल बक्यौता ७२.५३ प्रतिशतले बढेको छ । अहिले प्राधिकरणले उठाउन बाँकी बक्यौता कुल ३२ अर्ब १८ करोड ५१ लाख पुगेको छ । 
 
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनमा बक्यौतामध्ये ट्रङ्क तथा डेडिकेटेड लाइन तर्फका ४९ ग्राहकबाट मात्रै १५ अर्ब ५३ करोड ५८ लाख बक्यौता उठ्न बाँकी छ ।
 
यो मध्ये २ अर्ब ५० करोड रुपैयाँ त साहिल अग्रवाल मालिक रहेको जदम्बा स्टिल्सको मात्रै छ । बिजपाटी डटकम
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago