भर्खरै

प्राधिकरणको संरचना प्रयोग गर्ने इन्टरनेट र केबल टिभीको लाइन काट्ने तयारी

  • प्रकाशित मिति : शुक्र, भदौ १८, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, भदौ । नेपाल विद्युत प्राधिकरणको संरचना प्रयोग गरेर पोल भाडा र विद्युत महसुल नतिर्ने सेवा प्रदायक र ग्राहकहरुको प्राधिकरणले लाइन काट्ने भएको छ । 

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै एक हप्ताभित्र भुक्तानी नगरेमा लाइना काट्ने तयारी गरेको हो । 
लामो समयदेखि बक्यौता रहेको सरकारी तथा सार्वजनिक निकायको विद्युत महसुल तत्काल नैभुक्तानी नगरेमा लाइन काट्ने सूचना निकालेको भोलिपल्ट इन्टरनेट र केबल टिभी सञ्चालकले पनि पोल भाडा नतिरेकाले इन्टरनेटको तार समेत हटाउने सूचना उल्लेख गरिएको छ । 
गत वर्ष मात्रै प्राधिकरणले इन्टरनेट र केबल टिभी अपरेटरहरुको पोलभाडा बढाएको थियो । यस विषयमा गतवर्ष नै वृद्धि गरिएको भाडा अचाक्ली महंगो भएको भन्दै एनसेल बाहेक कुनै पनि निजी तथा सरकारी सेवा प्रदायकले प्राधिकरणसँग पोलभाडा सम्झौता गरेका छैनन् । उनीहरुले पुरानो बक्यौता पनि तिरेका छैनन् । यथाशीघ्र बक्यौता तिरेर नयाँ सम्झौता नगरेमा लाइन विस्तार गर्न रोक्नुका साथै विस्तार गर्न लागेको पाइएमा सामानहरु जफत गरिने पनि सूचनामा उल्लेख छ । 
 
प्राधिकरण अहिले एक नयाँ अभियान लिएर अघि बढिरहेको छ । साना साना चुहावटहरु रोकेर आर्थिक रूपमा सबल र सक्षम बनाउन आक्रामक काम भइरहेको छ ।
 
कर्मचारीका नाममा हुने असीमित खर्च रोक्ने र कम्पनी मोडलबाट निर्माण भएका आयोजनाहरुलाई पनि एउटै कम्पनीबाट अधिकतम आयोजना सञ्चालन गर्ने गरी प्राधिकरण अघि बढेको छ ।

प्रतिक्रिया