भर्खरै

ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा तीन घाइते

  • प्रकाशित मिति : आइत, भदौ २७, २०७८
  • - रासस
title
झापा, भदौ । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो । 
 
आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पङ्कज खनाल घाइते भएको र उनीहरुको विराटनगरस्थित म्याक्स हस्पिटल उपचार भइरहेको प्रनाउ आचार्यले जानकारी दिए । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago