भर्खरै

२.४४ प्रतिशत महगो दरमा भारतीय विजुली आयात

  • प्रकाशित मिति : बिही, भदौ ३१, २०७८
  • -
title

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
 
प्रतिवेदन अनुसार प्राधिकरणले  गत आवमा भारतबाट १ किलोवाट आवर विद्युत् ७ रुपैयाँ ९५ पैसामा खरीद गरेको छ । जुन अघिल्लो आव २०७६र७७ को भन्दा १९ पैसाले बढी हो । अघिल्लो आवमा प्राधिकरणले भारतबाट १ किलोवाट आवर विद्युत् औसतमा ७ रुपैयाँ ७६ पैसामा खरीद गरेको थियो  
 
भारतीय विद्युत् महँगोमा खरीद गरेको अवस्थामा स्वदेशी निजीक्षेत्रको विद्युत्को खरीद दर भने घटेको छ । गत आवमा निजीक्षेत्रबाट खरीद गरिने विद्युत्को औसत दर १९ दशमलव २६ प्रतिशतले घटेको छ । गत आवमा निजीक्षेत्रबाट १ किलोवाट आवर विद्युुत ५ रुपैयाँ ८६ पैसामा खरीद भएको छ । अघिल्लो आवमा भने ७ रुपैयाँ २५ प्रैसामा विद्युत् खरीद भएको थियो ।
 
यस्तै, गत आवमा भारतबाट हुने विद्युत् ९इनर्जी० को आयात पनि ह्वात्तै बढेको देखिन्छ । गत आवमा भारतीय विद्युत्को आयात ६३ दशमलव ४५ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार गत आवमा २ हजार ८२६ गिगावाट आवर विद्युत् आयात भएको छ, जुन अघिल्लो आवको भन्दा बढी हो । अघिल्लो आवमा १ हजार ७२९ गिगावाट विद्युत् आयात भएको छ । 
 
पछिल्लो समय नेपालमा विद्युत्को उत्पादन बढ्दै गएको छ । तर, अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित हुँदा हिउँदमा उत्पादन घट्ने गर्छ । त्यो समयमा विद्युत् माग पूरा गर्न भारतबाट आयात गरिँदै आइएको छ । वर्षात्को समयमा भने विद्युत् निर्यात पनि हुँदै आएको छ ।
 
गत आवमा नेपालमा ८ हजार ८७७ गिगावाट आवर विद्युत् खपत भएको छ । जुन अघिल्लो आवको तुलनामा १४ दशमलव ६८ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा ७ हजार ७४१ गिगावाट आवर विद्युत् खपत भएको थियो ।
 
गत आवमा निजीक्षेत्रबाट ३ हजार २४१ गिगावाट आवर विद्युत् आपूर्ति भएको छ । त्यो बाहेकका विद्युत् भने प्राधिकरणका आयोजनाहरूबाट नै आपूर्ति भएका बताइएको छ ।
आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 17 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 22 hours ago