भर्खरै

बुद्धभूमि हाइड्रोपावरले साधारण शेयर निष्कासन गर्दै

  • प्रकाशित मिति : आइत, असोज ३, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, असोज । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
 
कम्पनीले असोज ११ गतेबाट दोस्रो चरणमा १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो । 
कम्पनीका अनुसार ८ लाख कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको कम्पनीले जनाएको छ ।
 
लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा आह्वान गरिएको आवेदन पूरा नभएमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
 
लगानीकर्ताले उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै, मेरो सेयर एप र मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
 
कम्पनीको आईपीओ बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । यसअघि पहिलो चरणमा कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

प्रतिक्रिया