भर्खरै

कुलमानविरुद्ध मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • प्रकाशित मिति : बुध, असोज ६, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, असोज । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शाक्यले आफूलाई कानुन विपरीत हटाएको र कुलमानलाई नियुक्त गरेको भन्दै साउन ३२ गते दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 
कानुन विपरीत घिसिङलाई नियुक्ति गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अन्तरिम आदेश दिन अस्वीकार गरेका छन्् ।
प्रधानन्यायाधीश जबराको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सुनुवाइ गरेको थियो । सुनवाइपछि इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सरकारले साउन २७ गते घिसिङलाई प्राधिकरणमा नियुक्त गरेको थियो भने शाक्य ऊर्जा आयोगको सदस्यमा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago