भर्खरै

एशोसियसनको चौथौ अधिवेशन सम्पन्न, थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  • प्रकाशित मिति : आइत, असोज १०, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १० असोज । नेपालगञ्ज इलेक्ट्रिकल एशोसिएसनको सातौं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालको प्रमुख आथित्यमा असोज ६ गते नेपालगञ्जको सिद्धार्थ कटेज रेष्टुरेन्टमा सम्पन्न भएको हो । 
कार्यक्रममा महासंघका प्रमुख अतिथि पोड्यालले कोरोना महामारीका कारण  विद्युतिय क्षेत्र पनि प्रभावित भएको बताए  उनले व्यवसायीहरुमा परेको समस्या तथा पिरमर्काहरुलाई समाधान महासंघ प्रतिबद्धत रहेको समेत बताए ।
 
एशोसिएसनको सातौं वार्षिक साधारण सभा तथा चौथौ अधिवेशनले आमामी दुई वर्षको लागि टेकबहादुर थापाको अध्यक्षतामा १७ जना कार्यसमिति चयन गरेको छ । जसमा एकजना अध्यक्षद्धारा मनोनित हुन बाँकी रहेको छ भने निर्वतमान अध्यक्ष शिवराज रिजाल पदेन सदस्य रहने छन् ।
नयाँ कार्र्यसमितिमा अध्यक्ष टेक बहादुर थापा, उपाध्याक्ष दामोदर सापकोटा, सचिव सुरेन्द्र कुवँर, कोषाध्यक्ष, राम कुमार प्रसाई, सह–सचिव महबुब अहमद कुरैसी, सदस्यहरुमा मुकेश बाडिया, अब्दुल वाहिद अन्सारी, मदनलाल जैसी, राम समुज देली, देव बहादुर कुँवर, शिवराज वर्मा, सरोज जंङ शाह, बुद्धि बहादुर ओली, अशोक बाबु दहाल, मिन बहादुर शाह निर्वाचित भएका छन् । 
 
 
कार्यक्रमका अतिथिहरुमा नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रेशम देवकोटा, महासचिव कोमल पोखरेल, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्जुरी, काठमाडौं विद्युतीय व्यवसायी संघका सचिव मिलन शिवाकोटी लगायतको सहभागिता रहेको थियो । 
 
 
बाँके भित्र रहेका विद्युतीय व्यवसायीहरुको हकहितका लागि काम गर्दै आएको एशोसिएसनमा हाल सम्म १ सय ३४ जना भन्दा बढी विद्युतीय व्यवसायीहरु आवद्ध रहेका छन् । विद्युतीय व्यवसायीहरुलाई परेको समस्या, व्यवसायीहरुको आवश्यकता, माग लगायतका विषयमा एशोसिएसनले काम गर्दै आइरहेको एशोसियसनका निर्वतमान अध्यक्ष शिवराज रिजालले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago